इटहरी : इटहरीमा स्कुटर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
कोशी राजमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१० मा नम्बर नभएको ईभी स्कुटर डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर ईभी स्कुटरका चालकको मृत्यु भएको छ । गम्भीर घाइते भएका चालकलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल ल्याइएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।
अन्दाजी ३० वर्षीय मृतकको पहिचान खुलेको छैन । स्कुटर तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Discussion about this post