उदयपुर : उदयपुरको रौतामाई गाँउपालिका ७ स्थितबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा गाइघाटबाट नेपालटारतर्फ जाँदै गरेको प्र-३-०२-०१३ प ३३८४ नम्बरको मोटरसाइकलमा सवार उदयपुर उदयपुरगढी ७ का २६ वर्षीय सन्तोष मगरको साथबाट लुकाईछिपाई ल्याएको दुई थान भरूवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मगरको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post