इटहरी : कोशी प्रदेशका पूर्व मन्त्री बलबहादुर साम्सोहाङलाई नेकपा एमालेले कारबाही गरेको छ ।
नेकपा एमाले कोशी प्रदेश कमिटीले ताप्लेजुङमा युवा संघको जिल्ला अधिवेशनमा हातपात र तोडफोडको विषयलाई लिएर उनलाई कारबाही गरेको हो ।
एमाले ताप्लेजुङका पूर्व जिल्ला अध्यक्षसमेत रहेका साम्सोहाङसहित युवा नेता तथा प्रदेश विभाग सदस्य मणि पोमुलाई कारबाही गरेको हो ।
कोशी प्रदेश कमिटीको मंगलवार विराटनगरमा बसेको बैठकले दुवै नेतालाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको प्रदेश इन्चार्ज शेरधन राईले जानकारी दिए ।
उनीहरूमाथि युवा संघको जिल्ला अधिवेशनमा हातपात र तोडफोडको आरोप छ ।
गत वैशाख १८ गते ताप्लेजुङमा सम्पन्न युवा संघको अधिवेशनमा दुई पक्षबीच विवाद भएको थियो । नेतृत्व चयनपछि पोमुको नेतृत्वमा आक्रमण भएर केही घाइते समेत भएको बताइएको छ ।
सो क्रममा अध्यक्ष मण्डको अध्यक्ष युवा संघ केन्द्रीय कमिटी सचिव तथा कोशी इन्चार्ज निरोज पौडेलमाथि हातपात भएको थियो । सो घटनामा पोमु प्रत्यक्ष संलग्न रहेको र साम्सोहाङले निर्देशन दिएको आरोप छ ।














Discussion about this post