Tuesday, March 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २, २०८२
in समाचार
0
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती
61
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : व्यावसायिक अकबरे (डल्ले) खुर्सानीखेती पौवादुङमाका किसान आकर्षित भएका छन् ।

अन्य बालीको तुलनामा खुर्सानीखेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान व्यावसायिक खेतीमा जुटेका हुन् ।

गाउँपालिकाले व्यावसायिकखेती प्रणालीका लागि आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि किसानलाई सहजता भएको छ । यहाँको करिब ५०० हेक्टर क्षेत्रमा किसानले खुर्सानीखेती गरिरहेको कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईले बताए ।

यहाँका करिब ९०० कृषकले व्यावसायिक अकबरे खुर्सानीखेती गरिरहेको उनको भनाइ छ । खुर्सानीखेतीबाट राम्रो आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएको उनले बताए ।

“अधिकांश किसानले व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गरिरहेका छन्”, उनले भने,“यहाँको करिब ५०० हेक्टर क्षेत्रमा किसानले अकबरे खुर्सानीखेती विस्तार गरेका छन्, गत वर्ष खुर्सानीले राम्रो मूल्य पाएपछि यस वर्ष किसानमा थप हौसला बढेको अवस्था छ ।”

गत वर्ष खुर्सानी बिक्रीबाट करिब रु १८ करोड भित्रिएको तथ्याङ्क रहेको उहाँले बताउनुभयो । यस वर्ष खेती विस्तार बढेकाले खुर्सानीबाट रु ३० देखि ३५ करोड भित्र्याउने लक्ष्य रहेको उनको भनाइ छ ।

किसानको राम्रो आम्दानीको स्रोतका रुपमा अकबरे खुर्सानी रहेकाले गाउँपालिकाले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेर प्रोत्साहन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । गाउँपालिकाले आवश्यक सहयोगको कार्यक्रम सञ्चालनले गत वर्षको तुलनामा यस वर्ष खेती विस्तार बढेको उनको भनाइ छ ।

“अकबरे खुर्सानी किसानको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको छ”, प्रशासकीय अधिकृत भट्टराईले भने, “गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न आवश्यक प्राविधिक सहयोग गरिरहेको छ, किसानहरु व्यावसायिक खुर्सानीखेतीमा जुटेका छन् ।” कृषिबाट कृषकलाई आयआर्जनमा जोड्न गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको उहाँको भनाइ छ ।

स्थानीय किसानले उत्पादन गरेको खुर्सानी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायत शहरमा पुग्ने गरेको छ ।

उत्पादन भएको खुर्सानी किसानको बगानबाट नै ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । अकबरे खुर्सानीको बिक्रीबाट एक किसानले न्यूनतम रु एक लाख ५० हजारदेखि रु सात लाखसम्म भित्र्याउने गरेको पौवादुङमा–४ बास्तिमका किसान ध्रुव राईले जानकारी दिए ।

खुर्सानीबाट राम्रो आम्दानी हुने भएपछि आफूले २० रोपनी क्षेत्रमा खुर्सानी विस्तार गरेको उनको भनाइ छ । यस वर्ष खुर्सानीबाट रु आठ लाखदेखि रु १० लाख आम्दानी लिने लक्ष्य रहेको उनले बताए ।

बाह्र रोपनी क्षेत्रमा विस्तार गरेको खुर्सानीखेतीबाट गत वर्ष रु पाँच लाख आम्दानी गरेको उनको भनाइ छ । “अकबरे खुर्सानी बिक्रीबाट राम्रो आम्दानी गरिरहेको छु”, उनले भने,“अहिले २० रोपनी क्षेत्रमा खेती विस्तार गरेको छु, यस वर्ष रु आठदेखि रु १० लाख आम्दानी लिने लक्ष्य छ ।”

गाउँपालिकाले पकेट क्षेत्र निर्धारण नै गरेर कृषकलाई खुर्सानीखेतीमा प्रोत्साहन गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए । किसानलाई आवश्यक प्रोत्साहन गरेसँगै गाउँपालिकाको मुख्य आम्दानीको स्रोतका रुपमा अकबरे खुर्सानी स्थापित भएको उनको भनाइ छ ।

“हामीले पकेट क्षेत्र निर्धारण गरेर विभिन्न खेती प्रणालीमा जोड दिएका छौँ”, उपाध्यक्ष राईले भने, “गाउँपालिकाले गरेको लगानीको प्रतिफल आउन थालेको अवस्था छ, यहाँको खुर्सानीलगायतका कृषि उपज बाह्य बजारमा जाने अवस्था बनेको छ ।”

गाउँपालिकाले कृषि एम्बलुेन्स खरिद गरेर यहाँ उत्पादन भएका कृषि उपजको बजारीकरणका लागिसमेत काम गरिरहेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ लगानी गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

गाउँपालिकाले खेती प्रणालीमा जोड दिएसँगै अकबरे खुर्सानीखेतीबाट मात्र करोडौँ भित्रिने अवस्था बनेको उनको भनाइ छ । खुर्सानीखेतीको क्षेत्रलाई विस्तारका लागि गाउँपालिकाले यस वर्ष ७५० किसानलाई रु ७० लाख बढीको मल्चिङ प्लास्टिकलगायतका कृषि सामग्री वितरण गरिएको अध्यक्ष राईको भनाइ छ ।

यहाँका छवटै वडामा माटो र हावापानी सुहाउँदो व्यावसायिक खेतीका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।

“कृषिमा हामीले दूरगामी योजनाका साथ लगानी गरिरहेका छौँ”, अध्यक्ष राईले भने, “किसानको मुख्य आम्दानीको स्रोतका रुपमा अकबरे खुर्सानी बनेको अवस्था छ, खुर्सानीखेती विस्तारका लागि यो वर्ष मात्र रु ७० लाख बढीको कृषि सामग्री वितरण गरेका छौँ, गाउँपालिकाले प्राथमिकता निर्धारण गरेर थालेको लगानीको स्थानीयले प्रतिफल लिन थालेका छन् ।”

गाउँपालिका–२ तिवारीभञ्याङ, वडा नम्बर ३ च्याङग्रे, वडा नम्बर ४ बास्तिम, वडा नम्बर ५ सानोदुम्मा र वडा नम्बर ६ ठूलोदुम्मामा व्यावसायिक अकबरे खुसार्नीखेती भइरहेको छ ।

यस्तै वडा नम्बर १ श्यामशिलाको वडा कार्यालय मुनिको भूगोललाई आलु, बन्दाकोबी र काउलीको खेतीको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर १ श्यामशिलाको माथिल्लो भेगमा किवीखेतीको पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।

 

 

Tags: #भोजपुर#राससखेती
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा कार्यरत डीएसपी किशोर लम्साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’मा
FEATURE BREAKING

झापामा कार्यरत डीएसपी किशोर लम्साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’मा

by टाकुरा न्यूज । इटहरी
चैत्र ३, २०८२
0

विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साललाई फागुन...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
चैत्र ३, २०८२
0

इटहरी : सुनसरीको बर्जु गाउँपालिका–२ स्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको...

सुनसरीको इनरुवा अस्पतालका मेसुमाथि हातपात

इनरुवा अस्पताल बेथिति : ३४ बुँदे मागसहित प्रशासनलाई ध्यानाकर्षण पत्र

चैत्र ३, २०८२
स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप : लोहोरुङ अन्तिम चारमा

स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप : लोहोरुङ अन्तिम चारमा

चैत्र ३, २०८२
कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा, सहभागीलाई सोल्टी वेस्टेन्डको विशेष सुविधा

कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा, सहभागीलाई सोल्टी वेस्टेन्डको विशेष सुविधा

चैत्र ३, २०८२
ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

चैत्र २, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा कार्यरत डीएसपी किशोर लम्साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’मा

झापामा कार्यरत डीएसपी किशोर लम्साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’मा

चैत्र ३, २०८२
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

चैत्र ३, २०८२
सुनसरीको इनरुवा अस्पतालका मेसुमाथि हातपात

इनरुवा अस्पताल बेथिति : ३४ बुँदे मागसहित प्रशासनलाई ध्यानाकर्षण पत्र

चैत्र ३, २०८२
स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप : लोहोरुङ अन्तिम चारमा

स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप : लोहोरुङ अन्तिम चारमा

चैत्र ३, २०८२



लाेकप्रिय

  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    389 shares
    Share 156 Tweet 97
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    226 shares
    Share 90 Tweet 57
  • रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’ (भिडिओसहित)

    170 shares
    Share 68 Tweet 43
  • ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

    168 shares
    Share 67 Tweet 42
  • निर्वाचन प्रभावित गर्न अफवाह फैलाएको आरोपमा सुनसरीबाट एक युवक पक्राउ

    133 shares
    Share 53 Tweet 33

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.