इटहरी : नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा इटहरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयले बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन्।
विद्यालयमा सञ्चालित स्काउट ट्रुपको आयोजनामा भएको उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, स्काउटका सदस्य लगायत स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको कार्यक्रम संयोजक वन्दना दाहालले जानकारी दिइन्।
कार्यक्रममा कोशी प्रदेश स्काउट आयुक्त हेमन्त भण्डारी, इटहरी उपमहानगरपालिका आयुक्त डा. वेणुप्रसाद सिटौला, वडा नं. १ का वडाध्यक्ष कैलाश कार्की लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले गरेका थिए। रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाले गरेको थियो।












Discussion about this post