इटहरी : धरान उपमहानगरपालिका–४ का वडाध्यक्ष धनबहादुर राईले पार्टी निर्देशन विपरीत कार्य गरेको भन्दै नेकपा (एमाले) धरानले कारबाही सिफारिस गरेको छ।
एमाले धरानका उपाध्यक्ष पारस काङमाङ राईका अनुसार वडाध्यक्ष राईले पार्टीको निर्देशन विपरीत कार्य गर्दै आएको, कार्यपालिका बैठकमा निरन्तर अनुपस्थित हुने, पार्टीले आह्वान गरेको बैठकमा नआउने लगायतका गतिविधि दोहोर्याउँदै आएको भन्दै जिल्ला कमिटी समक्ष कारबाहीको सिफारिस गरिएको हो।
२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका वडाध्यक्ष राई पछिल्लो समय धरानका मेयर हर्क साम्पाङद्वारा सञ्चालन गरिएको श्रमदान कार्यक्रममा देखिएका थिए।
पार्टीका नेताहरूले बारम्बार सम्झाइरहँदासमेत अटेरी गर्दै आएको, तीनपटक स्पष्टीकरण माग्दा पनि चित्तबुझ्दो जवाफ नदिएको भन्दै पार्टीले कारबाहीको सिफारिस गरेको बताइएको छ।
एमाले सुनसरी जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष पर्शुराम यादवका अनुसार कारबाहीको सिफारिस गरिएपछि वडाध्यक्ष राईलाई पार्टी कार्यालयमा बोलाएर औपचारिक कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।














Discussion about this post