Monday, February 9, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खोटाङमा चन्दा सङ्कलन गरेर प्रहरी चौकी निर्माण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २७, २०८२
in विविध, समाचार
0
खोटाङमा चन्दा सङ्कलन गरेर प्रहरी चौकी निर्माण
83
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका छन् ।

प्रहरी चौकीको सेवा क्षेत्रभित्र पर्ने स्थानीयवासी तथा विभिन्न क्षेत्रका दाताबाट स्वेच्छिक रूपमा सङ्कलन भएको १२ लाख ४४ हजार ४६६ रकमबाट व्यवस्थापन समितिमार्फत सिसी क्यामेरा जडान, प्रतीक्षालय तथा गोलघर निर्माण र कार्यालय व्यवस्थापनको काम गरिएको हो ।

प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राईका अनुसार चन्दा सङ्कलन अभियानका क्रममा सङ्कलित रमकमध्ये रु १० लाख सात हजार ४९७ रकम सामान खरिद तथा जडानमा खर्च भएको छ ।

जसमा वडा नं १४ र १५ बाट आगामी आर्थिक वर्षको बजेटबाट रु दुई लाख ११ हजार १११ जम्मा हुन बाँकी रहेको र समितिको खातामा नगद रु २५ हजार ८५८ रहेको छ ।

प्रहरी चौकी बुइपामा चन्दा सङ्कलनबाट खरिद गरिएको १४ वटा सिसी क्यामेरा जडान, एक–एकवटा प्रतीक्षालय तथा गोलघर निर्माण, पाँचवटा सडक सूचना बोर्ड र कार्यालय व्यवस्थापनको काम गरिएको छ ।

आफ्नै जग्गामा आरसिसी पक्की कार्यालय भवन निर्माण गरेर सञ्चालन गरिएको प्रहरी चौकीको कार्यालय व्यवस्थापनका लागि नगरपालिकाको तर्फबाट सोफा सेट, चन्दा सङ्कलनबाट कार्पेट र पर्दा खरिद तथा स्थानीयको श्रमदानबाट कार्यालय भवन मर्मत गरिएको छ ।

स्तरोन्नति तथा व्यवस्थापनका लागि सङ्कलन गरिएको रकम र व्यवस्थापन समितिको गतिविधिका बारेमा प्रहरी चौकी बुइपाले बिहीबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेर आर्थिक तथा भौतिक प्रगतिको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रहरी चौकीको प्राङ्गणमा आयोजना गरिएको सार्वजनिक सुनुवाइमा बुइपाका वडाध्यक्ष दिनेश राई, विजयखर्कका वडाध्यक्ष रामबहादुर कटवाल, स्थानीयस्तरमा क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो ।

समुदाय र प्रहरीबीचको साझेदारीले सिङ्गो समाज सुरक्षित राख्नका साथै सानातिना काममा राज्यको मुख ताक्नुभन्दा आफैँ अग्रसर भएर लाग्दा छोटो समयमा नै समाज परिवर्तन गर्न धेरै सकिने सहभागी वक्ताहरूले बताएका छन् ।

सार्वजनिक सुनुवाइले पारदर्शिता तथा सामुदाय र प्रहरीबीच सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको व्यवस्थापन समितिका अध्यक्ष राईले बताए ।

सिसी क्यामेरा र भौतिक पूर्वाधार विकासका संरचना गत २०८२ वैशाख २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले औपचारिक रूपमा उद्घाटन गरे । गोरखा–रुजन जेभी काठमाडाँैले २०७६ असार १७ गते सम्झौता गरेर तोकिएकै समयमा दुईतले पक्की भवन निर्माण गरेको हो ।

प्रहरी चौकी बुइपाको कार्यालय भवनमा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै हिरासत, कार्यालय प्रमुख तथा जवानका लागि छुट्टाछुट्टै कोठा र शौचालयको व्यवस्था गरिएको छ ।

सहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाको दुई करोड, दुई लाख लगानीमा निर्माण गरिएको प्रहरी चौकी बुइपाको भवन २०७८ साल कातिक १७ गते उद्घाटन गरिएको हो ।

Tags: #खोटाङ#राससनिर्माण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशमा निर्वाचन सुरक्षाको अवस्थाबारे उच्चस्तरीय छलफल
समाचार

कोशी प्रदेशमा निर्वाचन सुरक्षाको अवस्थाबारे उच्चस्तरीय छलफल

by टाकुरा न्यूज । इटहरी
माघ २५, २०८२
0

विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतवार...

संघसँग समन्वय नहुँदा विकासका काम अड्किए : मुख्यमन्त्री कार्की
समाचार

संघसँग समन्वय नहुँदा विकासका काम अड्किए : मुख्यमन्त्री कार्की

by टाकुरा न्यूज । इटहरी
माघ २५, २०८२
0

इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधानले समन्वय सहकार्य र सहअस्तित्वका आधारमा सरकारहरूबीच काम गर्ने भने पनि सो...

निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

निर्वाचन नजिकिँदै, ‘भोट कसलाई ?’ भन्ने प्रश्न नगर्न आग्रह

माघ २५, २०८२
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

माघ २५, २०८२
स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते मनोनयन दर्ता

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले ९ प्रकारका सामग्री पठाउने

माघ २५, २०८२
गुरुङ राष्ट्रिय परिषद् सुनसरी अध्यक्षमा दिलिप गुरुङ

गुरुङ राष्ट्रिय परिषद् सुनसरी अध्यक्षमा दिलिप गुरुङ

माघ २५, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशमा निर्वाचन सुरक्षाको अवस्थाबारे उच्चस्तरीय छलफल

कोशी प्रदेशमा निर्वाचन सुरक्षाको अवस्थाबारे उच्चस्तरीय छलफल

माघ २५, २०८२
संघसँग समन्वय नहुँदा विकासका काम अड्किए : मुख्यमन्त्री कार्की

संघसँग समन्वय नहुँदा विकासका काम अड्किए : मुख्यमन्त्री कार्की

माघ २५, २०८२
निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

निर्वाचन नजिकिँदै, ‘भोट कसलाई ?’ भन्ने प्रश्न नगर्न आग्रह

माघ २५, २०८२
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

माघ २५, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    689 shares
    Share 276 Tweet 172
  • लागूऔषध : इटहरीकी सोनिका र इशासहित चार जना पक्राउ

    499 shares
    Share 200 Tweet 125
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    463 shares
    Share 185 Tweet 116
  • रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

    245 shares
    Share 98 Tweet 61
  • सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख गौतमको ‘प्रेमकथा’ सार्वजनिक

    239 shares
    Share 96 Tweet 60

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.