मोरङ : मोरङको कटहरी गाउँपालिका ३ कटहरी चोक स्थितबाट तीन हजार एक सय ५० किलोग्राम गाँजा बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएराति १२ः३० बजेतिर प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को १ ख ४५१८ नम्बरको ट्रकबाट एक सय पाँच वटा बोरामा प्याक गरी राखेको तीन हजार एक सय ५० किलोग्राम गाँजा बरामद गरेको हो ।
बरामद गरीएको गाँजा जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको छ भने ओसारपसारमा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post