इटहरी : सुनसरीको झुम्का कारागारबाट एक कैदी फरार भएका छन्।
जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेल (खत्री) कारागारको बी ब्लकबाट १६ फिट अग्लो वाल नाघेर भागेका हुन्।
कारागारभित्र मुढा बनाउने उद्योग छेउका बाँसका सामग्रीको सहारामा उनी भागेको बताइएको छ। फरार भएपछि तत्कालै प्रहरी परिचालन गरी खोजतलास सुरु गरिएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी ईश्वर कार्कीले कैदी भागेको पुष्टि गरे ।
‘कैदी भागेको सूचना राति नै आएको थियो । ठ्याक्कै कति बजे भागे भन्ने स्पष्ट छैन, तर भागेको कुरा सत्य हो। हामीले चारैतिर प्रहरी खटाएर रातिदेखि नै खोजतलास गरिरहेका छौँ,’ कार्कीले टाकुरा न्यूजसँग भने।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।














Discussion about this post