इटहरी : सुनसरीको दुहबी–४ स्थित निर्माणाधीन घरको सेफ्टिट्यांकीभित्र दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
इलाका प्रहरी कार्यालय दुहबीका अनुसार मृत फेला पर्नेमा दुहबी–२ निवासी अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन् ।
तामाङले पेटी ठेकेदारका रूपमा सो घर निर्माणको जिम्मा लिएका थिए भने राई कामदार रहेको खुलेको छ ।
स्थानीयले ट्यांकीभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटाइएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।













Discussion about this post