Sunday, August 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

शिक्षा विधेयकविरुद्ध प्याब्सन मोरङ आन्दोलित

भन्छन् - ‘निजी लगानी सिध्याउने षड्यन्त्र मान्य छैन’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ३०, २०८२
in विविध, समाचार
0
शिक्षा विधेयकविरुद्ध प्याब्सन मोरङ आन्दोलित
75
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : प्रस्तावित विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० ले निजी क्षेत्रको लगानीलाई धराशयी बनाउने र संस्थागत विद्यालयहरूको अस्तित्व नै मेटाउने षड्यन्त्र गरेको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङले सशक्त विरोध जनाएको छ ।

विधेयकमा समावेश गरिएका अव्यवहारिक र पूर्वाग्रही प्रावधानहरू नसच्याइए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिँदै प्याब्सन र एन–प्याब्सन मोरङले शुक्रबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला समन्वय समिति मोरङका प्रमुख जीवन गड्तौलालाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन् ।

प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेत र एन–प्याब्सन मोरङका अध्यक्ष दीपक चौलागाईं नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा विधेयकका चारवटा प्रावधानमाथि गम्भीर आपत्ति जनाइएको छ ।

उनीहरूले कम्पनी ऐनअन्तर्गत नाफामूलक संस्थाका रूपमा दर्ता भई सञ्चालित विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउने प्रावधान तत्काल खारेज गर्नुपर्ने पहिलो र सबैभन्दा प्रमुख माग राखेका छन् । यो व्यवस्थाले निजी लगानीको मर्ममाथि नै प्रहार गरेको उनीहरूको ठहर छ ।

त्यसैगरी, विधेयकमा उल्लेखित ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्दावलीलाई हटाउनुपर्ने माग गरिएको छ ।

पूर्ण छात्रवृत्तिको अस्पष्ट परिभाषाले भर्ना, मासिक शुल्कदेखि पोसाक, यातायात र आवाससम्मका सबै सुविधा निःशुल्क दिनुपर्ने बाध्यकारी अवस्था सिर्जना गर्ने र यो व्यवहारमा लागू गर्न असम्भव रहेको प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले बताए ।

हालसम्म अभ्यासमा रहेको कुल विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्तिको प्रावधानलाई नै निरन्तरता दिनुपर्ने र उक्त छात्रवृत्तिको सीमाभित्र भर्ना, वार्षिक तथा मासिक शुल्क मात्रै समेटिनुपर्ने स्पष्ट व्यवस्था गर्न माग गरेका छन् ।

प्याब्सनका केन्द्रीय उपाध्यक्ष टीकाराम ढकालले प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए निजी विद्यालयहरू बन्द गर्नुको विकल्प नरहने चेतावनी दिए ।

‘अहिलेको विधेयकले संस्थागत विद्यालयहरूको अस्तित्व रक्षा गर्दैन । राज्यले १० प्रतिशत छात्रवृत्तिलाई बढाएर १५ प्रतिशत पुर्याउने प्रस्ताव गरेको छ, जुन अहिलेको अवस्थामा विद्यालयहरूले धान्नै सक्दैनन् ,’ प्याब्सन केन्द्रीय उपाध्यक्ष ढकालले भने ।
राज्यले सामुदायिक विद्यालयको गुणस्तर सुधार्नुको साटो निजी क्षेत्रलाई नियन्त्रण गरेर तहसनहस बनाउन खोजेको उनीहरूको भनाइ छ ।

प्याब्सनले आफ्ना मागहरू सम्बोधन गर्न सरकारलाई भदौ ७ गतेसम्मको समयसीमा दिएको छ ।

‘हाम्रा जायज मागहरू सम्बोधन नभएमा प्याब्सन दोस्रो चरणको कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछ,’ उपाध्यक्ष ढकालले भने ।

Tags: आन्दोलितप्याब्सनशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा
FEATURE BREAKING

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

by टाकुरा न्यूज । इटहरी
साउन ३०, २०८३
0

इटहरी : कुनै समय मैदानमा विपक्षी खेलाडीलाई छकाउँदै बल अघि बढाउने इटहरी २ का आशिष राई अहिले आफ्नै खुट्टामा उभिनका...

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

मोरङमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

by टाकुरा न्यूज । इटहरी
साउन ३०, २०८३
0

मोरङ : मोरङमा शनिबार छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। उर्लाबारीमा धानखेतको जमेको पानीमा एक वृद्धको...

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

घरमै लुकाएर राखेको भरुवा बन्दुकसहित ओखलढुंगामा ३३ वर्षीय पुरुष पक्राउ

साउन ३०, २०८३

खोटाङ : पाँचौँपटक म्याद थप्दा पनि बनेन पुल, लिदिङखोलामा यात्रुको दुःख उस्तै

साउन ३०, २०८३
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरमा पाटीपौवा

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरमा पाटीपौवा

साउन ३०, २०८३
इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?

भोजपुर : ‘एक घर, एक धारा’पछि सहज भयो डाँडागाउँवासीको दैनिकी

साउन ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

राष्ट्रिय टोलीको सपना बोकेका इटहरीका आशिष अहिले आफ्नै खुट्टामा उभिने प्रतीक्षामा

साउन ३०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

साउन ३०, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

घरमै लुकाएर राखेको भरुवा बन्दुकसहित ओखलढुंगामा ३३ वर्षीय पुरुष पक्राउ

साउन ३०, २०८३

खोटाङ : पाँचौँपटक म्याद थप्दा पनि बनेन पुल, लिदिङखोलामा यात्रुको दुःख उस्तै

साउन ३०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1116 shares
    Share 446 Tweet 279
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    638 shares
    Share 255 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.