इटहरी : पूर्वाञ्चल विश्वविद्यालयले पहिलोपटक एमबीबीएस कार्यक्रम सञ्चालनको अनुमति पाएको छ।
चिकित्सा शिक्षा आयोगले यसै शैक्षिक सत्रदेखि पढाइ सुरु गर्नका लागि विश्वविद्यालयलाई ५० सिट स्वीकृति दिएको हो।
यससँगै विश्वविद्यालयलाई एमबीबीएसमा विद्यार्थी भर्ना गर्न सरकारी सिट प्रदान गरिएको छ।
आयोगको बैठकले पूर्वाञ्चल विश्वविद्यालयसँगै मकवानपुरको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० सिट स्वीकृति दिने निर्णय गरेको हो।
पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल शिक्षणका लागि कोसी अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न दुई वर्षअघि नै सम्झौता गरेको थियो।













Discussion about this post