इलाम : इलामको माईजोगमाई गाउँपालिका–थुम्केरानी क्षेत्रमा विश्वकै दुर्लभ मानिने ‘हिमालयन वुड आउल’ चराको जोडी फेला परेको छ।
झापाका वाइल्डलाइफ फोटोग्राफर देवेन खरेल र कोशी बर्ड सोसाइटीका पूर्व अध्यक्ष अनिष तिम्सिनाले बर्खे चरा अवलोकन गर्ने क्रममा उक्त चरालाई दुई हजार ३५० मिटर उचाइमा क्यामेरामा कैद गरेका हुन्।
नेपालमा दुर्लभ रूपमा देखिने यो प्रजाति सल्ला, लोठसल्ला र गुराँसको वन क्षेत्रमा पाइन्छ। संरक्षणको कमी र वन विनाशका कारण विश्वमै यो चरा संकटग्रस्त बन्दै गएको फोटोग्राफर खरेलले जानकारी दिए।














Discussion about this post