धनकुटा : धनकुटाको सहिदभूमि गाउँपालिका–३, पञ्चकन्यामा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
शनिबार बिहान करिब ११ बजे ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ८० मिटर तल खसेको हो।
दुर्घटनामा सहिदभूमि गाउँपालिका–२ का करिब १८ वर्षीय खगेन्द्र परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी शरदकुमार थापा क्षेत्रीले जानकारी दिए।
ट्याक्टरका चालक सोही ठाउँका करिब २३ वर्षीय सचिन परियार घाइते भएका छन्।
ट्याक्टर सेती चोकबाट ढुङ्गा बोकेर पञ्चकन्यातर्फ जाँदै थियो। सो क्रममा अनियन्त्रित भएर खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।














Discussion about this post