इटहरी : सुनसरीको कोशी गाउँपालिका ७ स्थितबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले धानबारीभित्र प्लास्टिकको १३ वटा बोरामा लुकाईछिपाई राखेको अवस्थामा ५ सय ३७ किलो १ सय ४० ग्राम गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भएसँगै ओसार पोसारमा संलग्न रहेका सोही स्थानका ४५ बर्षीय दिनेश यादवलाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post