इलाम : इलाममा पहिरोमा परी मृत्यु भएकाहरूको सामूहिक दाहसंस्कार गरिएको छ ।
इलाम नगरपालिका ६ घोषमा पहिरो जाँदा ज्यान गुमाएकाहरूको सोमवार सामूहिक दाहसंस्कार गरिएको हो ।
शनिबार राति गएको पहिरोमा परी विराज पाख्रिन तामाङको घरमा ६ जनाको ज्यान गएको थियो ।
६ मध्ये ३ जना विराजका परिवारका सदस्य हुन् । २ जना पाहुना र एकजना छिमेकी हुन् ।
पहिरोमा इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् ।
ज्यान गुमाएका सबैको पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
यस वर्षको प्राकृतिक विपद्मा देशभरमध्ये इलाममा सबैभन्दा ठूलो मानवीय क्षति भएको छ ।













Discussion about this post