धरान : विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरीले धरानमा ठूलो परिमाणको गाँजा बरामद गरेको छ ।
धरान उपमहानगरपालिका–४ बौद्ध बिहार नजिक कोशी राजमार्गमा प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र भेडेटारबाट खटिएको संयुक्त टोलीले दुई मोटरसाइकललाई जाँचका लागि रोक्न खोज्दा चालकहरू फरार भएका थिए ।
भेडेटारबाट धरानतर्फ आइरहेका को ३० प ४५४४ र बा ५१ प ५४१३ नम्बरका मोटरसाइकल रोक्न खोज्दा रोक्न नमानेपछि पछ्याउने क्रममा दुवै चालक मोटरसाइकल छाडेर फरार भएका हुन् ।
पछि चेकजाँच गर्दा दुवै मोटरसाइकलमा प्याक गरिएको अवस्थामा ४९ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको लागूऔषध तथा मोटरसाइकल इलाका प्रहरी कार्यालय धरानमा लगेर राखिएको छ भने फरार व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post