मोरङ : मोरङमा दाजुले छुरा प्रहार गरी भाइको हत्या गरेका छन् ।
जिल्लाको जहदा गाउँपालिका वडा नम्बर ७ तरिगामास्थित मझारेमा दाजुले छुरा प्रहार गर्दा भाइको हत्या गरेका हुन् ।
बुधबार राति आपसी विवादमा ३० वर्षीय राजुकुमार साहले छुरा प्रहार गर्दा २८ वर्षीय श्रवण साहको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। राजुले श्रवणको छातीमा छुरा प्रहार गरेका थिए।
घटनामा गम्भीर घाइते भएका श्रवणलाई विराट मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छुरा प्रहार गरेपछि राजु फरार भएकाले उनको खोजी गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post