धरान : धरान उपमहानगरपालिका वडा नम्बर–६ पानबारी चोकस्थित इलाका प्रहरी कार्यालय धरानबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा राखिएको एक कारबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ।
गस्तीका क्रममा बा १३ च ३६८४ नम्बरको कार शंकास्पद अवस्थामा फेला परेपछि चेकजाँच गर्दा कारभित्र लागूऔषध गाँजा १८० केजी (एक सय असी केजी) बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागूऔषधसहित कारलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post