ओखलढुङ्गा : ओखलढुङ्गामा एक दम्पतीको बीभत्स हत्या भएको छ ।
जिल्लाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको हत्या भएको हो ।
घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा टोली घटनास्थल खटिएको थियो ।
प्रारम्भिक अनुसन्धानबाट दम्पतीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने आशङ्का गरिएको छ ।
घटनास्थल र शवको अवस्था विश्लेषण गरी थप अनुसन्धान गर्न कोशी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखा धरानबाट तालिम प्राप्त कुकुर मगाइएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।













Discussion about this post