नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
प्रतिलिटर पेट्रोल रु. ४, डिजेल र मट्टितेल प्रतिलिटर रु. ५ ले घटाएको हो । ।
त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ ।
साथै, एल.पी. ग्याँसको मूल्य बढेर आएको भएपनि मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।














Discussion about this post