Saturday, February 7, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

जाडोमा हिटर बाल्नुहुन्छ ? यी सावधानी उपाय अपनाउनुहोस्

रासस by रासस
पुस १९, २०८२
in विविध, समाचार
0
जाडोमा हिटर बाल्नुहुन्छ ? यी सावधानी उपाय अपनाउनुहोस्
53
SHARES
Share on FacebookShare on Twitter

जाडोयाम सुरु भइसकेको छ । तराईमा शीतलहरका कारण जीवनयापन कठिन बनिरहेको छ ।

जाडोयाममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, कोइला बाल्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा यस्ता उपकरणहरूको प्रयोगमा आवश्यक सावधानी अपनाउन चिकित्सकले अनुरोध गरेका छन् ।

यी उपकरणहरुको प्रयोगमा सावधानी नअपनाउँदा बर्सेनि मृत्यु र अस्पतालमा भर्ना हुने घटनाहरू घटिरहेका छन् । केही दिनअघि मात्र सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा एक ३८ दिनको शिशुको मृत्यु भएको छ भने परिवारका तीन जना बेहोससमेत भए ।

न्यानो बनाउने विभिन्न उपकरणहरूको प्रयोग गर्दा घरमा हावा सञ्चालन प्रणाली राम्रो नभएमा कोठामा ‘कार्बन मोनोअक्साइड’ जस्तो विषाक्त ग्यास जम्मा हुन सक्छ । यो ग्यास गन्ध, रङ र स्वादरहित हुन्छ जसको सम्पर्कमा लामो समयसम्म रहँदा गम्भीर स्वास्थ्य समस्या हुने वा ज्यान जान सक्दछ ।

कन्सलटेन्ट जेनेरेल फिजिसियन डा. विवेकराज पौडेल भन्छन्, ‘आगो, कोइला बल्न, ग्यास गिजर चलान अक्सिजन चाहिन्छ । त्यसले बलेर निक्लिने बाइप्रोडक्ट चाहिँ ‘कार्बोन डाइअक्साइड’ र कार्बोन मोनोअक्साइड’ हो । यी दुवै ग्यास बाहिर वातावरणमा मिसिन्थ्यो भने खासै फरक पर्थेन । बन्द कोठामा अक्सिजन सकिएर यी दुई ग्यास मात्र हुँदा हाम्रो शरीरले त्यो लिन बाध्य हुन्छ ।’

उनका अनुसार यसका कारण मुटुको चालमा गडबड आउने, होसमा नहुने, सास फेर्न नसक्ने, रगतमा समस्या, एसिडको मात्रा बढ्ने जस्ता खालका अवस्थाहरु सिर्जना गर्न सक्छ ।

डा. पौडेल ती अवस्थामा फसेकालाई जति सक्दो छिटो उद्धार गरेर बाहिरी वातावरणमा राख्ने र अस्पतालमा ‘हाइ फ्लो’ अक्सिजनमा राख्नुपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘घटना थाहा पाइसकेपछि सकेसम्म छिटो उद्धार गर्नुपर्छ जसले गर्दा तत्कालीनका साथै दीर्घकालीन असरबाट बचाउन सकिन्छ । दीर्घकालीनमा कसैकोमा पहिलाको जस्तो चनाखोपन, मानसिक अवस्था छिटो छरितो नहुने र भुल्ने समस्या देखिन सक्ने हुन्छ ।’

बर्सेनि यस्ता खालका दुर्घटना बढे पनि सर्वसाधारणहरु अझै यसबारे सचेत हुन नसकेको विज्ञ बताउँछन् ।

‘विभिन्न विद्युतीय उपकरणका साथै कोइला बाल्ने, आगो ताप्ने काम गर्नु छ भने बन्द कोठा राम्रो होइन । कोठा तथा बाथरुममा भेन्टिलेसन हुुनुपर्छ । सकेसम्म शरीर न्यानो राख्न न्यानो कपडा लगाउने, ओढ्ने चिजहरु प्रयोग गर्नुपर्छ । सुत्नुअघि कोइला निभाएर मात्र सुत्ने । यो मात्र नभइ हरेक सामानको प्रयोग गर्दा बन्द गरेर सुत्नु सबैभन्दा उत्तम उपाय हो’, डा. पौडेल सुझाउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै जाडोमा आगो ताप्दा, हिटर चलाउँदा वा गिजरको प्रयोग गर्दा निम्न सावधानीहरु अपनाउन आग्रह गरेको छ :

– हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने ।

– कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने ।

– आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराख्ने ।

– आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने ।

– हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने ।

– सुत्नुअघि अनिवार्य रूपमा हिटर बन्द गर्ने ।

– गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गर्ने ।

– गिजर खोलेर लामो समयसम्म बाथरूममा नबस्ने ।

– गिजर प्रयोग गरेर नुहाउँदा सम्भव भएसम्म बाथरूमको झ्याल बन्द नगर्ने ।

Tags: #राससहिटर
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरीमा नेपाली सेनालाई ट्राफिक सचेतनामूलक कक्षा
समाचार

इटहरीमा नेपाली सेनालाई ट्राफिक सचेतनामूलक कक्षा

by टाकुरा न्यूज । इटहरी
माघ २३, २०८२
0

इटहरी : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले शुक्रवार भगवतीदल गण, इटहरी ब्यारेकमा कार्यरत नेपाली सेनाका ३६...

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

फाइबर नेट जडानका क्रममा माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
माघ २३, २०८२
0

झापा : झापाको शिवसताक्षी नगरपालिकामा फाइबर नेट जडानका लागि खाल्डो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको...

कोशी प्रदेशका प्रहरी कार्यालय प्रमुखलाई डीआईजीले दिए निर्देशन

कोशी प्रदेशका प्रहरी कार्यालय प्रमुखलाई डीआईजीले दिए निर्देशन

माघ २३, २०८२
निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’को मिति एक महिना सर्‍यो

निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’को मिति एक महिना सर्‍यो

माघ २३, २०८२
खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाटमा निर्माणाधीन पुल

खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट : दशकअघि शिलान्यास गरेको पुल निर्माण अझै सकिएन, भर्खर स्ल्याब ढलान सुरु

माघ २३, २०८२
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

झापामा ‘सिरिन्ज’ आक्रमण हुँदा एकको ज्यान गयो

माघ २३, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा नेपाली सेनालाई ट्राफिक सचेतनामूलक कक्षा

इटहरीमा नेपाली सेनालाई ट्राफिक सचेतनामूलक कक्षा

माघ २३, २०८२
मोरङमा एक पुरुष मृत भेटिए

फाइबर नेट जडानका क्रममा माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

माघ २३, २०८२
कोशी प्रदेशका प्रहरी कार्यालय प्रमुखलाई डीआईजीले दिए निर्देशन

कोशी प्रदेशका प्रहरी कार्यालय प्रमुखलाई डीआईजीले दिए निर्देशन

माघ २३, २०८२
निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’को मिति एक महिना सर्‍यो

निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’को मिति एक महिना सर्‍यो

माघ २३, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    689 shares
    Share 276 Tweet 172
  • लागूऔषध : इटहरीकी सोनिका र इशासहित चार जना पक्राउ

    499 shares
    Share 200 Tweet 125
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    463 shares
    Share 185 Tweet 116
  • रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

    245 shares
    Share 98 Tweet 61
  • रास्वपाबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका थापाविरूद्ध उजुरी

    231 shares
    Share 92 Tweet 58

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.