उदयपुर : उदयपुरको बेलका नगरपालिकामा दम्पतीबीच भएको आपसी झगडाले दुःखद रूप लिँदा एक महिलाको ज्यान गएको छ ।
बेलका–३ किराँत चोकका खगेन्द्र राईले श्रीमती गंगा राईमाथि छुरा प्रहार गर्दा गम्भीर घाइते भएकी गंगाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि खगेन्द्रले आफैंलाई समेत चोट पुर्याउने प्रयास गरेको र स्थानीयको सहयोगमा नियन्त्रणमा लिई उपचारका लागि धरान पठाइएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जानकारी दिएको छ ।
उनी हाल प्रहरी निगरानीमा उपचाररत छन् ।













Discussion about this post