झापा : ‘मेरो कविता : द रिदम अफपोयट्र’ कवितामा आधारित नेपालको दोस्रो रियालिटी सो आगामी माघ ४ देखि प्रसारण हुने भएको छ ।
नेपाली भाषामा कविता लेखिरहेका नवीन प्रतिभाहरूको पहिचान विस्तारका लागि माई प्लेटफमद्वारा निर्माण गरिएको रियालिटी सो ‘मेरो कविता : द रिदम अफपोयट्री’ का निर्देशन केवल क्षेत्रीले गरेका हुन् भने सहायक निर्देशकका रूपमा पवित्रा राई रहेका छन् ।
मङ्सिर ९ गते, अर्थात नोभेम्बर २५ सम्म भएको डिजिटल अडिशनका लागि नेपाललगायत विभिन्न मुलुकमा बसोवास गर्ने करिब दुई सय ५० जना भन्दा बढी नेपालीभाषी कविहरूले सहभागी जनाएका थिए ।
डिजिटल अडिशनबाट छानिएका सहभागीहरूमध्येबाट विभिन्न चरणहरू पार गर्दै यतिबेला २५ कविहरू रियालिटी सो का लागि छानिएको बताइएको छ ।
कार्यक्रममा सहभागी २५ प्रतियोगीहरूबीच प्रतिस्पर्धा हुनेछ । कविहरूको प्रस्तुति जाँच्ने निर्णायकका साथै दर्शकहरूले पनि आफूलाई मन परेका प्रतिस्पर्धी कविहरूलाई भोट हाल्न पाउने छन् ।
अन्तिम २५ बाट हरेक साता दुईजना प्रतिस्पर्धी बाहिरिने र अन्तिममा एक जना ‘मेरो कविता : द रिदम अफपोयट्री’को विजेता बन्नेछन् ।
झापाको दमक बेल्डाँगीमा छायाङ्कन भइरहेको प्रतियोगिताको निर्णायकमा कविद्धय हेमन यात्री र उत्तम तुम्सा लिम्बू, गजलकार सुमन स्मारिका र अज्ञात ददि रहेका छन् ।
कार्यक्रम सञ्चारकर्मी सुमन कुरुम्बाङले सञ्चालन गर्नेछन् ।













Discussion about this post