सुनसरी : गत बिहीबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९, सोनियाहीमा भएको ट्रक दुर्घटनामा ज्यान गुमाएका पाँच परिवारलाई क्षतिपूर्तिस्वरुप १२ लाख प्रदान गरिने भएको छ ।
ट्रक दुर्घटनामा बर्जु गाउँपालिका–१, गुरुङ बस्तीका ५ जनाको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयमा क्षतिपूर्ति बापत ट्रक र मार्बल व्यवसायीले ११ लाख र गाउँपालिकाले एक लाख प्रदान गर्ने सहमति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार प्रति मृतक १२ लाख प्रदान गर्ने सहमति भएको हो ।
को १ ख ४५४१ नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा सुनसरीको बर्जु गाउँपालिका १ का ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रह्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निशम गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको थियो ।
क्षतिपूर्ति उपलब्ध हुने सुनिश्चित भएपछि शनिवार शव बुझ्ने सहमति भएको छ ।













Discussion about this post