Saturday, May 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

ज्ञानको यात्रामा समर्पित जीवन : सभापति लालदास कर्णको स्मृति र संघर्ष कथा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १०, २०८२
in कला साहित्य, समाचार
0
ज्ञानको यात्रामा समर्पित जीवन : सभापति लालदास कर्णको स्मृति र संघर्ष कथा
60
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : मोरङको ग्रामथान गाउँपालिका वडा नं. २ स्थित सरस्वती माध्यमिक विद्यालय स्थापना गराउन महत्वपूर्ण योगदान गर्ने पूर्व शिक्षक सभापति लालदास कर्ण स्मृति ग्रन्थ प्रकाशन भएको छ ।

परिवारको सहयोगमा विद्यालयले स्मृति ग्रन्थ प्रकाशन गरेको हो । पञ्चयातकालीन समयमा समेत सभापति लालदासको पहलमा गाउँका दूरदराजमा बस्ने सर्वसाधारणलाई शिक्षा दिलाउन गरेको संघर्ष र प्रयासको कथा यसमा समेटिएको छ ।

ग्रन्थको प्रमुख सम्पादक विद्यालयका पूर्वशिक्षक गायत्री कुमार चापागाईंले गरेका हुन् । यसैगरी सम्पादन छोरा विवेक कर्ण र बुहारी शान्ता कर्णले गरेका छन् ।

झोराहाटमा आयोजित एक कार्यक्रमबीच नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभामा मोरङ क्षेत्र नं ४ का उमेदवार गुरुराज घिमिरे, सोही क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उमेदवार अमनलाल मोदी, संविधान सभा सदस्य तथा विरानगरका उद्योगी पवन कुमार शारडा, वरिष्ठ उद्योगी तथा समाजसेवी महेश जाजू, कोशी प्रदेश सभाका सदस्य गणेश उप्रेती र प्राध्यापक अमृत आचार्यले संयुक्त रूपमा पुस्तक विमोचन गरे ।

पुस्तकमाथि टिप्पणी गर्दै प्रमुख सम्पादक आचार्यले पञ्चायतकालीन समयमा समेत शिक्षाको उज्यालो छर्ने काम चुनौतीपूर्ण भएपनि सभापति लालदासले संघर्ष गरेर पहिले प्राथमिक र त्यसपछि माध्यमिक विद्यालय बनाउन भूमिका खेलेको चर्चा गरे।

सभापति लालदासलाई तत्कालीन समयमा इन्द्र शमशेर राणाले भारतको दरभंगाबाट झोराहाट ल्याएका थिए । झोराहाटका केशव निरौलाको परिवारले उनलाई बस्ने प्रबन्ध गरिदिएको थियो ।

सोही परिवारकी सरस्वता निरौलाको नाममा रहेको १० कठ्ठा जग्गा विद्यालयलाई दान दिई छाप्रोबाट विद्यार्थी पढाउन सुरू गरिएको थियो ।

उनले आफ्नो जीवनकालमा निःशुल्क ट्युसन शिक्षासमेत दिएका थिए । उनलाई विद्यालयमै बस्ने व्यवस्था मिलाइएको थियो । आचार्यले भने, ‘‘पहिले सभापतिले आफै विद्यार्थी खोजेर ल्याउनुभयो, पढ्ने बानी लगाउनुभयो । अनि विस्तारै यो क्रम बढ्दै गयो ।’’

अहिले सरस्वती स्कुलमा पढेका धेरै विद्यार्थी विश्वका विभिन्न ठाउँमा पुगिसकेको आचार्यले सुनाए ।

कार्यक्रममा कांग्रेस महामन्त्री घिमिरेले पञ्चायतकालीन समयमा आम मानिसलाई शिक्षा दिलाउने सोच नै ठूलो संघर्षको विषय भएको बताए । नेकपाका नेता मोदीले ग्रामीण भेगमा अशिक्षाको अन्धकार हटाउन सभापति लालदासले गरेको योगदान पुस्तौं पुस्तासम्म सम्झाना भइरहने बताए ।

उद्योगीद्वय शारडा र जाजूले सामाजिक कार्यले नै मानिसलाई सदैव जीवन्त राख्ने बताए ।

लालदासका छोरा विवेक कर्णले समाजमा योगदान दिएपनि नयाँ पुस्तालाई त्यसबारे थाहा नभएकोले ठूलो अनुसन्धान र आफ्ना बुवासँगै काम गरेका तथा विद्यार्थीहरुसँग गएर एउटा ऐतिहासिक दस्तावेज तयार भएको बताए ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद गुरागाईंले विद्यालयलाई योगदान दिने व्यक्तित्वको इतिहास जीवन्त राख्न पाउनु सकारात्मक कार्य भएको सुनाए ।

कवि भरत गुरागाईंले शिक्षाको प्रकाश छर्ने लालदास झोराहाटबासीका लागि उदाहरणीय व्यक्तित्व भएको सुनाए ।

Tags: #विराटनगरस्मृति
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…
FEATURE BREAKING

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २, २०८३
0

इटहरी : शनिवार (आज) बिहान इटहरी २० तरहरास्थित जंगलमा घाँस काट्न गएकी एक स्थानीय महिलाले झाडी छेउ असामान्य दृश्य देखिन्। नजिक...

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार
विविध

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

by रासस
जेष्ठ २, २०८३
0

मोरङ : प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । पर्यापर्यटनसहितको पर्यटकीय...

हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ २, २०८३
भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

भोजपुरमा अनलाइनमार्फत घरमै नक्सा

जेष्ठ २, २०८३
खोटाङमा उभौली : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

साकेला समापन : युवापुस्तालाई मौलिक परम्परा, सामूहिकता र प्रकृति सम्मानको सन्देश

जेष्ठ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

जेष्ठ २, २०८३
पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

जेष्ठ २, २०८३
हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ २, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    652 shares
    Share 261 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    623 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    511 shares
    Share 204 Tweet 128
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1556 shares
    Share 622 Tweet 389
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    380 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.