विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आइतवार नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीको प्रमुख आतिथ्यतामा निर्वाचन लक्षित सुरक्षा योजना, सुरक्षाको अवस्था, सुरक्षा तयारी तथा व्यवस्थापन सम्वन्धमा वैठक तथा अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा कोशी प्रदेशको सुरक्षा व्यवस्था तथा निर्वाचन तयारी सम्बन्धमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र कुमार पौडेल, सशस्र प्रहरी वल बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, पुर्वी पृतना हेड क्वाटर इटहरीका महासेनानी नन्दबहादुर गुरुङ, जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फबाट प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव आस्मान तामाङ, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, राष्ट्रिय अनुसन्धान विभाग कोशीका अनुसन्धान निर्देशक इन्द्रसिंह लामा, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, जिल्ला सुरक्षा समिति मोरङका पदाधिकारीसहित प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।














Discussion about this post