इटहरी : उदयपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सूर्य तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
उनले १४ हजार ८०२ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अम्बर रायमाझीको ७ हजार ६४८ मत प्राप्त गरे ।
यसैगरी नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २९० मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुरेश कुमार राईले ५ हजार ११७ मत प्राप्त गरे।
त्यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईले ३ हजार १३९ मत प्राप्त गरेका छन्।
उक्त निर्वाचन क्षेत्रमा कुल ४४ हजार ६३४ मत खसेको थियो।














Discussion about this post