Wednesday, July 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

माइपोखरीको मोह : स्वदेशीसँगै विदेशी पर्यटक पनि आकर्षित

जैविक विविधताको दृष्टिले महत्वपूर्ण

रासस by रासस
जेष्ठ २९, २०८३
in भिजिट नेपाल, समाचार
0
माइपोखरीको मोह : स्वदेशीसँगै विदेशी पर्यटक पनि आकर्षित
64
SHARES
Share on FacebookShare on Twitter

इलाम : चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ वटा कुना भएको विशाल ‘माइपोखरी’ । पोखरी यति ठूलो छ कि एउटा कुनाबाट अर्को कुना देख्न सकिँदैन ।

इलामको सन्दकपुर गाउँपालिका–१ र ३ को सङ्गमस्थलमा रहेको धार्मिक पर्यटकीय क्षेत्र माइपोखरीले पछिल्लो समय आगन्तुकहरु आकर्षित गरिरहेको छ । यहाँ पुग्ने जो कोहीले एकपटक अवलोकनसँगै अनिवार्य तस्बिर खिचाउने र भिडियो बनाउने गरेका छन् । पछिल्लो समय यहाँ तस्बिर लिने, भिडियो बनाउने र पूजापाठ गर्न आउनेको भिड लाग्ने गरेको छ ।

समुद्री सहतदेखि दुई हजार १०० मिटर उचाइमा अवस्थित माइपोखरी पूर्वी पहाडकै आकर्षक धार्मिक पर्यटकीय क्षेत्र हो । माइपोखरीको एक दशमलव ८ हेक्टर जलाशय र १२ हेक्टर सिमसारलाई अत्यन्त संवेशनशील मानिएको छ ।

माइपोखरीमा पूजापाठ गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । बलिप्रथा निशेधित माइपोखरीलाई साक्षात देवीका रुपमा पूजा गरिँदै आएको छ । यहाँ मनोकाङ्क्षा पूरा होस् भनेर भाकल गर्ने तथा परेवा उडाउने प्रचलन छ ।

द्वापरयुगको अन्त्यमा पाँच पाण्डव वनबासमा रहने क्रममा सुनसरीको बराहक्षेत्र, झापाको अर्जुनधारा हुँदै इलामको माइपोखरीसम्म आएर फर्किएको किंवदन्ती छ । माइपोखरीलाई हिन्दू, बौद्ध र किरात धर्मको आस्थाका रुपमा लिइन्छ ।

माइपोखरीप्रतिको आकर्षण पछिल्लो समय स्वदेशी मात्र होइन, विदेशी पर्यटकमा उत्तिकै छ । यसको प्रचारले पर्यटकीय सम्भावनाले भरिपूर्ण सन्दकपुर गाउँपालिकालाई नै थप लोकप्रिय बनाउँदै लगेको छ । माइपोखरी इलाम सदरमुकामबाट उत्तरमा बिब्ल्याँटे बजार हुँदै आधा कालोपत्र र आधा कच्ची गरी १३ किलोमिटर सडक पार गरेर पुग्न सकिन्छ ।

यहाँ नेपालसहित भारतका विभिन्न क्षेत्र तथा अन्य विदेशी पर्यटक आउने गरेको स्थानीय लीला भट्टराईले बताइन् ।

“माइपोखरी अवलोकन गर्न दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका छन्”, उनले भनिन्, “यातायातको सहजताले माइपोखरी अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।” चारचक्के तथा दुईचक्के सवारीसाधनबाट सहजै माइपोखरी पुग्न सकिने भएकाले युवायुवतीको रोजाइमा माइपोखरी परेको हो ।

पर्यटकको चहलपहलसँगै माइपोखरी आउने पर्यटकलाई लक्षित गरी होटलसमेत विस्तार हुँदै गएका छन् । स्थानीयले होटल तथा होमस्टे सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएको सन्दकपुर गाउँपालिका–३ का होटल सञ्चालन निमतेन्जी शेर्पाले बताए ।

“माइपोखरी अवलोकन गर्नका लागि युवायुवती समूहसमूहमा दिनहुँ आउने जाने गर्दछन्”, शेर्पाले भने, “यसको अझ प्रचारप्रसार गरे प्रशस्त फाइदा सन्दकपुरवासीले लिन सकिन्छ ।” माइपोखरीलाई सन् २००८ अक्टोबर २८ मा दक्षिण कोरियाको चाङबाङमा सम्पन्न रामसार महासन्धिको दशौँ बैठकले विश्वसम्पदा सूचीमा राखेको छ ।

प्रचारप्रसारका लागि बर्सेनि बहुधार्मिक महोत्सव

माइपोखरीको प्रचाप्रसारका लागि बर्सेनि ‘माइपोखरी बहुधार्मिक महोत्सव’ आयोजना हुँदै आएको छ । बर्सेनि हरिबोधनी एकादशीका अवसरमा पारेर सन्दकपुर गाउँपालिकाले दुईदिने बहुधार्मिक महोत्सव आयोजना गर्दै आएको छ ।

माइपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने एवं बहुधार्मिक तीर्थका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्ने गरिएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए । त्यहाँ २०८० सालदेखि गाउँपालिकाले बर्सेनि बहुधार्मिक महोत्सव आयोजना गर्दै आएको छ ।

“सन्दकपुर गाउँपालिकाले माइपोखरीलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न चाहेको छ”, अध्यक्ष गुरुङले भने, “विगत तीन वर्षदेखि यहाँ बहुधार्मिक महोत्सव आयोजना गर्दै आएका छौँ, यसको अझ प्रचारप्रसार गर्नसके सन्दकपुरकै विकास र समृद्धिमा टेवा पुग्ने विश्वास छ ।”

माइपोखरीलाई थप व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी गरेर अघि बढ्न लागेको गाउँपालिकाले जनाएको छ । माइपोखरीको प्रवद्र्धनका लागि पालिकाकोतर्फबाट सधैँ साथ रहने गाउँपालिका उपाध्यक्ष हरिबहादुर लुङ्गेलीले बताए ।

जैविक विविधताको दृष्टिले महत्वपूर्ण

माइपोखरी धार्मिक दृष्टिले मात्र होइन, जैविक विविधताको दृष्टिलेसमेत महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा चार प्रजातिका लालीगुराँस, तीन प्रजातिका चाँप, १६ प्रजातिका सुनाखरी, ६२ प्रजातिका जडीबुटीसहित ३०० प्रजातिका फूल फुल्ने र नेपालमा मात्र पाइने गलैँचे झ्याउ, लेउ, उन्युलगायत वनस्पति पाइन्छ ।

त्यस्तै, यहाँ १२ प्रजातिका जलचर, छ प्रजातिका उभयचर, तीन प्रजातिका माछा, १४ प्रजातिका स्तनधारी र २०० बढी प्रजातिका चराचुरुङ्गीहरु पाइन्छन् ।

माइपोखरीमा धार्मिक आस्थाका, प्राकृतिक सुन्दरता र सम्पदाको अवलोकन गर्न र वातावारणीय पक्षको अध्ययन अनुसन्धान गर्न पर्यटक पुग्ने गर्दछन् ।

माइपोखरी पुग्नेले माइपोखरीको दर्शनसँगै माइपोखरी परिसरका सत्यधुनी, पाठशाला, शिवालय, यज्ञकुण्ड, साधुकुटी, बौद्ध गुम्बा, तीनचुलो, युमाथानलगायको अवलोकन गर्न पाउँछन् ।

Tags: इलाममाइपोखरी
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरीले सञ्चालन गरिरहेको लागूऔषधविरुद्धको अभियानअन्तर्गत सुनसरी र झापाबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट...

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य
FEATURE BREAKING

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

विराटनगर : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको...

पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३
इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार ३०, २०८३
कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

असार २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

असार ३०, २०८३
कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

असार ३०, २०८३
पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    460 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.