Tuesday, October 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

विकास निर्माणमा हातेमालो श्रमदान

माधव पोख्रेल by माधव पोख्रेल
भदौ २५, २०८३
in विविध, समाचार
0
विकास निर्माणमा हातेमालो श्रमदान
60
SHARES
Share on FacebookShare on Twitter

उदयपुर : त्रियुगा नगरपालिका–१० नम्बर वडा कार्यालय, बोक्सेले स्थानीयको सहभागितामा विकास निर्माण तथा सार्वजनिक स्थलको संरक्षण र सरसफाइ गर्ने उद्देश्यले ‘हातेमालो श्रमदान अभियान’ सञ्चालन गर्ने भएको छ ।

वडाध्यक्ष किरण पाण्डेको अगुवाइमा सञ्चालन हुन लागेको अभियान आगामी शनिबार त्रियुगा नगरपालिका–१० स्थित बाबरी क्षेत्रमा सञ्चालन हुने वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयको यही भदौ २३ गतेको निर्णयानुसार आयोजना गर्न लागिएको उक्त अभियानमा बजार व्यवस्थापन समिति, सम्बन्धित टोल विकास संस्था, टोलवासी, टोल समन्वय समिति तथा त्रियुगा–१० साकेला समितिको सहकार्य रहनेछ ।

अभियानमा वडा क्षेत्रभित्रका सार्वजनिक तथा सामुदायिक महत्वका स्थानमा श्रमदानमार्फत सरसफाइ, व्यवस्थापन तथा आवश्यक सुधारका काम गरिने जनाइएको छ ।

अभियानअन्तर्गत बाबरी क्षेत्रमा रहेका सडक तथा बाटो, कल्भर्ट, सार्वजनिक शौचालय र पिकनिक स्पोट लगायतका स्थानमा सरसफाइ तथा व्यवस्थापन गरिनेछ ।

सार्वजनिक संरचना र स्थललाई व्यवस्थित बनाउँदै स्थानीय समुदायमा आफ्नो गाउँ–ठाउँप्रतिको अपनत्व र जिम्मेवारीको भावना विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको वडा कार्यालयले जनाएको छ ।

पाण्डेका अनुसार विकास निर्माणका काममा स्थानीय नागरिकको प्रत्यक्ष सहभागिता बढाउन श्रमदान अभियानलाई प्राथमिकता दिइएको हो ।

विकास निर्माण सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी नभई नागरिकको समेत साझा दायित्व भएकाले स्थानीयलाई सहभागी गराउँदै सार्वजनिक संरचनाको संरक्षण र सरसफाइमा जोड दिन अभियान प्रभावकारी हुने उनको भनाइ छ ।

पाण्डेकै नेतृत्वमा वडा कार्यालयले स्थानीय समुदाय, टोल विकास संस्था तथा विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गर्दै विकासका गतिविधिलाई अघि बढाउँदै आएको बताइएको छ ।

‘हातेमालो श्रमदान अभियान’ पनि स्थानीय सहभागिता र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले अघि सारिएको वडा कार्यालयको भनाइ छ । श्रमदान कार्यक्रममा त्रियुगा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न सरोकारवाला तथा आम नागरिकलाई समेत सहभागी हुन वडा कार्यालयले आह्वान गरेको छ ।

सार्वजनिक स्थलको सरसफाइ र व्यवस्थापनमा सबैको सहभागिता भएमा अभियानले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ ।

अभियानमा सहभागी भई कार्यक्रम सफल बनाउन सम्पूर्ण टोलवासी तथा आम नागरिकलाई आग्रहसमेत गरियो । अभियानमा सहभागी हुने नागरिकका लागि खाजा तथा नास्ताको व्यवस्थासमेत गरिएको वडा कार्यालयले जनाएको छ ।

श्रमदान कार्यक्रम भदौ २७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । बाबरी क्षेत्रमा हुने उक्त अभियानमा स्थानीयको उल्लेख्य सहभागिता जुटाउने लक्ष्य छ ।

Tags: #उदयपुरश्रमदान
माधव पोख्रेल

माधव पोख्रेल

उदयपुरको गाईघाटमा रहेर साहित्यिक लेखन तथा पत्रकारिता गर्दै आएका पोख्रेल निजामती सेवाबाट अवकाशप्राप्त हुन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध छन् । अवकाशप्राप्तपछि पत्रकारिता यात्रा सुरु गरेका उनी टाकुरा न्यूजका लागि उदयपुर संवाददाता हुन् ।

Related Posts

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड
समाचार

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जलवायुजन्य विपद्पछिको पुनर्निर्माणलाई प्रभावकारी र दिगो बनाउन विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र...

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन
खेलकुद

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

विराटनगर : विभागीय टोली नेपाल आर्मीले विराटनगरमा सम्पन्न २६औँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। आर्मीले १७ स्वर्णसहित कुल...

७१औँ प्रहरी दिवसमा कोशी प्रदेशमा २०६ जनाद्वारा रक्तदान

अशोज २७, २०८३
मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३
कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

अशोज २७, २०८३
चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

अशोज २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

अशोज २७, २०८३
राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

अशोज २७, २०८३

७१औँ प्रहरी दिवसमा कोशी प्रदेशमा २०६ जनाद्वारा रक्तदान

अशोज २७, २०८३
मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    970 shares
    Share 388 Tweet 243
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.