Tuesday, October 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
in समाचार
0
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

सांकेतिक तस्बिर ।

357
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिका–५ की ८ वर्षीया बालिका आस्वाना चौहानको सर्पदंशबाट मृत्यु भएको छ ।

घरभित्र खेलिरहेका बेला बुधबार साँझ गोमन सर्पले बायाँ हातमा टोकेपछि उपचारका लागि विभिन्न अस्पताल पुर्‍याइएकी चौहानको उपचारकै क्रममा मृत्यु भएको हो ।

परिवारका अनुसार सर्पले टोकेको कुरा बालिकाले तत्काल अभिभावकलाई बताएकी थिइनन् ।

स्वास्थ्य अवस्था बिग्रिएपछि मात्रै परिवारले घटनाबारे थाहा पाएको थियो । सर्पले टोकेको हातबाट रगतसमेत बगिरहेपछि परिवारले उनलाई इटहरीस्थित नेपाली सेनाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा लगेका थिए ।

करिब ६ बजे उपचार केन्द्र पुर्‍याइए पनि १३ वर्षमुनिका बालबालिकाको उपचार गर्ने व्यवस्था नरहेको जानकारी गराइएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको परिवारले जनाएको छ ।

सर्पदंश केन्द्र लैजाँदै गर्दा बालिकालाई बान्ता भएको र अवस्था थप गम्भीर बन्दै गएको परिवारको भनाइ छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सुरु गरिए पनि आवश्यक पीआईसीयू (बाल सघन उपचार कक्ष) उपलब्ध हुन सकेन । प्रतिष्ठानमा चारवटा पीआईसीयू रहे पनि त्यतिबेला कुनै बेड खाली नभएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शम्शेर श्रेष्ठका अनुसार बालिकाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि पीआईसीयू उपलब्ध भएको अस्पतालमा लैजान भनिएको थियो ।

‘प्रतिष्ठानमा चारवटा पीआईसीयू छन् । खाली भएको भए बालिकालाई तत्काल उपचार सुरु गर्ने थियौँ । प्रतिष्ठान ल्याउँदा नै अवस्था गम्भीर बनिसकेको थियो । तर, पीआईसीयू उपलब्ध गराउन सकेनौँ,’ उनले भने ।

त्यसपछि परिवारले बालिकालाई मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याएको थियो । साँझ करिब ७ः५० बजेतिर अस्पताल पुर्‍याइएकी चौहानलाई चिकित्सकले करिब ८ः१७ बजे मृत घोषणा गरेका थिए ।

बालिकाका काका मनीराज चौहानले उपचारका लागि तत्काल अस्पताल पुर्‍याए पनि एकपछि अर्को अस्पतालमा लैजानुपर्दा समय बितेको बताए ।

‘हामीले तत्काल अस्पताल पुर्‍यायौँ । छोरी सुरुमा बोल्दै थिइन् । अस्पताल पुर्‍याउन लाग्दा बान्ता भयो । अवस्था गम्भीर बन्दै गयो । सर्पदंश केन्द्रमा उपचार हुन सकेन । त्यसपछि धरान लगियो । त्यहाँ उपचार त सुरु भयो तर पीआईसीयू खाली नभएको जानकारी गराइयो,’ उनले भने, ‘हामीले हतारहतार विराट टिचिङ ल्यायौँ । तर छोरीलाई बचाउन सकिएन ।’

सर्पदंशपछि इटहरीबाट धरान हुँदै बूढीगंगासम्म पुर्‍याउँदा पनि आवश्यक उपचार तथा सघन उपचार सेवा तत्काल उपलब्ध हुन नसकेको घटनाले बालबालिकाका लागि सर्पदंश उपचार र पीआईसीयू सेवाको पहुँचमाथि प्रश्न उठाएको छ ।

Tags: #इटहरीसर्पदंश
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड
समाचार

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जलवायुजन्य विपद्पछिको पुनर्निर्माणलाई प्रभावकारी र दिगो बनाउन विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र...

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन
खेलकुद

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

विराटनगर : विभागीय टोली नेपाल आर्मीले विराटनगरमा सम्पन्न २६औँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। आर्मीले १७ स्वर्णसहित कुल...

७१औँ प्रहरी दिवसमा कोशी प्रदेशमा २०६ जनाद्वारा रक्तदान

अशोज २७, २०८३
मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३
कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

अशोज २७, २०८३
चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

अशोज २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

अशोज २७, २०८३
राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

अशोज २७, २०८३

७१औँ प्रहरी दिवसमा कोशी प्रदेशमा २०६ जनाद्वारा रक्तदान

अशोज २७, २०८३
मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    970 shares
    Share 388 Tweet 243
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.