Saturday, June 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध मनाेरञ्जन

तरहरामा एकल नृत्य प्रतियोगिता सम्पन्न, सिनियरतर्फ समीक्षा र जुनियरतर्फ प्रेरणा प्रथम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ३, २०७६
in मनाेरञ्जन, समाचार
0
तरहरामा एकल नृत्य प्रतियोगिता सम्पन्न, सिनियरतर्फ समीक्षा र जुनियरतर्फ प्रेरणा प्रथम
373
SHARES
Share on FacebookShare on Twitter

तरहरा
तरहरामा रहेको ऊँ डान्स सेन्टरले इटहरीमा रहेका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको लागि अन्तर विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिताको आयोजना गरेको छ ।
सेन्टरले ‘इटहरी स्कुल च्याम्प शृङ्खला २’ को शनिबार तरहरामा प्रतियोगिता आयोजना गरेको हो । यसअघि पनि गत साल सेन्टरले पहिलो पटक स्कुल च्याम्प गराएको ऊँ डान्स सेन्टरका प्रबन्ध निर्देशक प्रेम चौधरीले बताए । ‘कक्षा १ देखि १० सम्म अध्ययनरत बिद्यार्थीको क्षमता अभिबृद्धि सँगै उनीहरुको प्रतिभालाई उजागर गर्नका निम्ति हामीले कार्यक्रमको आयोजना गरेका हौँ,’ चौधरीले भने, ‘विद्यार्थीको प्रतिभालाई तालिमको माध्यमबाट उत्कृष्ट कलाकारको रुपमा उभ्याउनका लागि हामीले यो कार्यक्रमको आयोजना गरेका हौँ ।’ चौधरीका अनुसार शनिबारको प्रतियोगितामा जुनियर र सिनियर तर्फ गरी विद्यार्थीहरुलाई नृत्यमा सहभागी गराईएको थियो ।


जुनियरतर्फ १५ जना सहभागी रहेका थिए भने सिनियरतर्फ १० जना विद्यार्थी सहभागी रहेको उनको भनाई थियो । प्रतियोगितामा जुनियर तर्फ होराइजन एकेडेमीकी प्रेरणा बिष्ट प्रथम, पूर्वाञ्चल बोर्डिङकी कन्चन बानियाँ द्धितीय र ज्ञानदर्पण एकेडेमीकी अञ्जली तामाङ तृतीय भईन् । उनीहरुले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैँया सहित ट्रफि र प्रमाणपत्र हात पारे भने अन्य सहभागीहरुलाई विभिन्न टाइटल पुरस्कार प्रदान गरियो ।
त्यस्तै, सिनियर तर्फ महेन्द्र माविमा अध्ययनरत समीक्षा बस्नेत प्रथम, प्याराडाइस बोर्डिङ स्कुलकी सबिना बन द्धितीय र राष्ट्रिय माविका करण चौधरी तृतीय भए । उनीहरुले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैँया सहित ट्रफि र प्रमाणपत्र हात पारे भने अन्य सहभागीहरुलाई विभिन्न टाइटल पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि हाँसपोसा सामुदायिक बनका अध्यक्ष महेन्द्र गिरीले डान्स सेन्टरले कलाकार उत्पादन गरेको भन्दै प्रसंसा गरे ।

उनले भने, ‘यो कार्यक्रम गर्नु समाजका लागि अतुलनीय योगदान हो, यो डान्स सेन्टरका कारण तरहरामा महत्वपूर्ण योगदान पुगिरहेको छ ।’ उनले स्थानीय स्तरमा नै कलाकार जन्मिरहेकाले उनीहरुको संरक्षण र प्रबर्धनका निम्ति आँफूहरु गम्भीर रहेको बताए । ‘अभिभावकले छोराछोरीको मनोभावना अनुसार काम गर्न नसकिरहेको अवस्था छ,’ उनले भने, ‘हामी सबैले ठूलो मानिस बनोस् भन्छौं तर उनीहरुको इच्छा बुझ्न सकेनौँ ।’ गिरीले आफ्ना छोराछोरीको मनोभावना बुझेर उनीहरुलाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लोकचन्द्र श्रेष्ठ (एलसी), पनिता तामाङ र रेश्मा राई निर्णायक रहेका थिए । आयश्वर लिम्बूको सभाध्यक्षमा सम्पन्न कार्यक्रम उत्तम गिरीले सञ्चालन गरेका थिए ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न
विविध

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

by रासस
जेष्ठ २९, २०८३
0

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल-चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध भएको...

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

विराटनगरमा ११९ ग्राम ब्राउनसुगरसहित दुई युवा पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २९, २०८३
0

विराटनगर : मोरङ प्रहरीले विराटनगर महानगरपालिका–९ स्थित ट्राफिक चौकबाट ११९ ग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय...

कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

जेष्ठ २९, २०८३
ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता

ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता

जेष्ठ २९, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

धरानस्थित बीपी प्रतिष्ठानको अनलाइन ओपीडी दर्ता सेवा पुनः सञ्चालनमा

जेष्ठ २९, २०८३
माइपोखरीको मोह : स्वदेशीसँगै विदेशी पर्यटक पनि आकर्षित

माइपोखरीको मोह : स्वदेशीसँगै विदेशी पर्यटक पनि आकर्षित

जेष्ठ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

जेष्ठ २९, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

विराटनगरमा ११९ ग्राम ब्राउनसुगरसहित दुई युवा पक्राउ

जेष्ठ २९, २०८३
कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

जेष्ठ २९, २०८३
ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता

ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता

जेष्ठ २९, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.