तरहरा । इटहरी उपमहानगरले तरहरा देखि एकम्वा जोड्ने वहुबर्षीय योजना अंतर्गत सडक क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन आग्रह गरेको छ ।
इटहरीको वडा नम्वर १, १५, १६, १७ र २० नम्वर वडा हुँदै तरहरा, लविपूर, पकली,एकम्वा जोडने सडकको क्षेत्राधिकार भित्र पर्ने घर,टहरा,गोठ लगायतका संरचना सात दिन भित्र हटाउन सूचना गरेको हो ।
सात दिनभित्र नहटाए नियमानुसार भईजाने सूचनामा उल्लेख गरिएको छ । सम्वन्धित वडा कार्यालयहरु र सार्वजनिक स्थानहरुमा सूचना टाँस गरिएको उपमहानगरले जनाएको छ ।
file foto
Discussion about this post