इटहरी उपमहानगरपालिकाले कोरोना परीक्षण र उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने भएको छ ।
कोभिड उपचार तथा पीसीआर जाँचको लागि सहकार्य गर्न इटहरी उपमहानगरपालिका र प्रतिष्ठानबीच वैठक सम्पन्न भएको छ ।
वैठकमा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले परीक्षणको दायरा वढाउन र उपचारमा अझ सहज वातावरण वनाउन प्रतिष्ठानसँग सहकार्यको प्रस्ताव गरेका थिए ।
प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर शाहले इटहरी उपमहानगरसँग आपसी सहकार्य गरिने जानकारी दिए ।
वैठकमा सहभागी इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाले सम्झौताको खाका तयार गरेर सहकार्य अघि वढने बताए ।













Discussion about this post