काठमाडौँ
पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् ।
जबरजस्ती करणी उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतले महारालाई सोमबार सफाइ दिएको हो । न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने, “अभियोग दाबी नपुगेकाले उनले सफाइ पाउने ठहर गरिएको छ।”
मुद्दाको बहस आइतबार नै सकिए पनि फैसला लेख्न समय नपुगेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लव मैनाली लगायतका ३७ जना अधिवक्ताले बहस गरेका थिए । संघीय संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।
Discussion about this post