तरहरा । इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरामा ढाका कपडा बनाउँन तीन महिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।
इटहरी उपमहानगरले तीन महिने ढाका बुनाई प्रशिक्षण सुरु गरेको छ । ‘तरहराको सान, घर–घरमा ढाका तान’ भन्ने सन्देशका साथ प्रशिक्षण सुरु भएको हो । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले प्रशिक्षणको उद्घाटन गरेकी थिईन् ।
सामाजिक विकास मन्त्रालय र नेपाली ढाकाबुनाई उद्यमी समूहको सहकार्यमा उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत प्रशिक्षण आयोजना गरिएको उनको भनाई रहेको थियो । २० जना महिला सहभागी रहेको प्रशिक्षणमा ढाकाको बजारको अभाव हुन नदिन उपमहानगरले पहल गर्ने उपमेयर गौतमले बताईन् ।
इटहरी २० कि महिला सदस्य राधा घिमिरे, राष्ट्रिय जनसहयोग कलेजका अध्यक्ष दलेन्द्र खडका, स्थानीय केशर श्रेष्ठ, कमला खड्का लगायतले प्रशिक्षणमा सिकेको सीपलाई सदुपयोग गरी आत्मनिर्भर वन्न सहभागिहरुलाई सुझाव दिएका थिए । उद्घाटन कार्यक्रमकी अध्यक्ष कल्पना खड्का चौहानले तीन महिने प्रशिक्षणले महिला उद्यमी बन्ने बताईन् ।
एकै परिवारका ६ जनाले गरे मकालु हिमाल आरोहण
सङ्खुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिका–२ का एकै परिवारका ६ जनाले मकालु हिमाल आरोहण गरेका छन् । मकालु गाउँपालिका–२ का चार...
Discussion about this post