Sunday, March 8, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

आज प्रजातन्त्र दिवस, यसरी ढलेको थियो निरङ्कुश शासन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ७, २०७६
in समाचार
0
आज प्रजातन्त्र दिवस, यसरी ढलेको थियो निरङ्कुश शासन
674
SHARES
Share on FacebookShare on Twitter

विसं २००७ पुस २४ गते बागलुङ बजारमा परिवर्तनकामी नारा घन्किए, ‘राणा शासनको क्षय होस्, इन्कलाब जिन्दावाद।’ निरङ्कुश जहानियाँ शासनका विरुद्धमा निस्केको विशाल जुलुसको नेतृत्वकर्ता हुनुहुन्थ्यो, ओमप्रसाद गौचन।

प्रजातन्त्र प्राप्तिका लागि बागलुङबाट उठेको त्यो नै पहिलो आन्दोलन थियो। तीन दिनमै आन्दोलन उत्कर्षमा पुग्यो। तर, प्रजातन्त्रप्राप्तिका सपना भने पूरा भएन। सरकारी फौजको सहयोगमा तत्कालीन शासकले जिल्लालाई पुनः कब्जामा लिए।

बागलुङ त्यसबेला पाल्पा गौडाको प्रशासनिक एकाइमा थियो। क्रान्तिका पक्षधर तत्कालीन युवा आन्दोलनको नेतृत्वबाट पछि हटेनन् बागलुङवासी फेरि जुर्मुराए। आन्दोलन चर्किँदै गयो। विसं २००७ माघ १५ मा बागलुङ जनताको नियन्त्रणमा आयो। गौचनको नेतृत्वमा बागलुङ जनसरकार गठन भयो। गौचन प्रधानमन्त्री रहेको मन्त्रिमण्डलमा कालिभक्त पन्तलाई उपप्रधानमन्त्री, चन्द्रमान थकालीलाई अर्थलगायत अन्य व्यक्तिलाई विभिन्न मन्त्रालयको जिम्वेवारी तोकियो।

‘बागलुङको ऐतिहासिक घटना’ पुस्तकका लेखक एवं अन्वेषक प्रेम छोटाका अनुसार जनसरकार विसं २००८ भदौसम्म चल्यो। बागलुङ पाल्पा गौडाको अधिनमा रहने भनी पाल्पाबाट आएका सरकारी अधिकृत र फौजले बागलुङ जनसरकारलाई भङ्ग गरेका थिए। विसं २००७ फागुन ७ मा प्रजातन्त्र उदय भएपछि पनि बागलुङ पाल्पा बडीगौडाको अधिनमा रहिरहने कुरा पाल्पाबाट आएपछि त्यसको विरोध भयो। विघटित जनसरकारका ग्राम विकासमन्त्री मोहनबहादुर मल्ललगायतका प्रतिनिधि काठमाडौँ पुगे।
बागलुङको वस्तुस्थितिबारे जानकारी गराए। बागलुङलाई स्वायत्त शासन प्रणाली भएको ‘बागलुङ गौडा’मा परिणत गराउनुपर्ने माग राखे। केन्द्रबाट माग पूरा भयो। विसं २००८ फागुन ८ गतेदेखि बागलुङ पाल्पा बडीगौडाबाट मुक्त भई स्वतन्त्र ‘बागलुङ गौडा’ बन्यो। त्यसअघि बागलुङ पाल्पा बडीगौडाअन्तर्गत छोटी गौडाको हैसियतमा थियो। यसरी विसं १९९६ देखिनै बागलुङमा जागृत भएको राणा विरोधी भावना-चेतनाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुरुवाती योगदान दिएको थियो।

‘विसं २००७ मा बागलुङबाट पहिलोपटक आन्दोलनको नेतृत्व गर्ने व्यक्तित्व ओमप्रसाद गौचन नै हुनुहुन्छ,’ प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय सदस्य गोविन्दप्रसाद शर्मा कँडेलले भने, ‘उहाँलाई कालिभक्त पन्त, चन्द्रमान शेरचन, टेकनारायण भारी, हेमलाल राजभण्डारीलगायतका तत्कालीन युवाले साथ दिए।’

आफू विसं २०१३ देखि सक्रिय राजनीतिमा लागेको र विसं २०१७ पछि पञ्चायतविरुद्धको आन्दोलनमा होमिएको उनले स्मरण गरे। ‘प्रजातन्त्र प्राप्तिदेखि मुलुकका हरेक आन्दोलनमा बागलुङको उल्लेख्य योगदान छ,’ पूर्वसासंदसमेत रहनुभएका कँडेलले भने, ‘सङ्घर्षको इतिहासलाई कसैले बिर्सन हुँदैन।’

गौचनलगायतले ल्याएको राजनीतिक जागरणले आन्दोलनलाई सघाएको नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठ बताउँछन्। उनका अनुसार बागलुङ अदालतका तत्कालीन डिठ्ठा धर्ममानसिंह श्रेष्ठलाई घुस खाएको आरोपमा राणाका आठपहरियाहरुले पक्राउ गरेका थिए। निर्दोष डिठ्ठा श्रेष्ठको पक्राउको विरोध गरेकै कारण राणा शासकहरुले ओमप्रसाद गौचनलगायतलाई पक्राउ गरी पाल्पा जेलमा १६ दिनसम्म राखे।

शिक्षा र राजनीतिमा त्यतिबेला गनिएको पाल्पा रहँदा, बस्दा गौचनलगायत उहाँका समकालीनले ज्ञान र जागरण प्राप्त गरे। गौचनकै पहलमा विसं १९९७ मा बागलुङमा विद्यालय र विसं २००३ मा पुस्तकालय खोलिनुले पनि राजनीतिक चेतना बढाउनमा टेवा पु¥याएको संयोजक श्रेष्ठले जानकारी दिए।

यहाँका तत्कालीन चौबिसे राज्यअन्तर्गतका गलकोटे राजा भरतबम मल्ल र उहाँका छोरा थीरबम मल्लले पनि विसं २००७ को क्रान्तिमा महत्वपूर्ण योगदान गरेका थिए। भारतको सैनिक शिक्षालयमा पढेका थीरबमले राणाविरोधी आन्दोलनका क्रममा वीरगञ्जमा सहादत प्राप्त गरे। ‘थीरबम मल्ल मुक्ति सेनाको कमान्डर हुनुहुन्थ्यो, सङ्घर्षकै क्रममा उहाँको सहादत भयो,’ इतिहासका अध्येतासमेत रहेका श्रेष्ठले भने।

शहीद थीरबम मल्ल नेपाली काँग्रेस नेता विपी कोइरालाका विश्वासपात्र र साहसी सैन्य कमान्डर थिए। मल्लको सहादतपछि बागलुङमा राणा विरोधी भावना झन् चर्केको पाइन्छ। राष्ट्रिय प्रजा परिषद् हुँदै सशस्त्र क्रान्तिको चरणमा नेपाली काँग्रेस आइपुग्दा बागलुङमा त्यसको नेतृत्व गौचनले गरेका थिए। मुस्ताङको थाकखोलामा जन्मी बागलुङलाई कर्मथलो बनाएका गौचनको स्मृतिग्रन्थमा तत्कालीन कम्युनिष्ट नेता देवेन्द्रराज अधिकारी लेख्छन्, ‘बागलुङमा त्यसबेला काँग्रेसको अर्थ हुन्थ्यो, काका ओमप्रसाद।’

त्यो बेला गौचनलाई अधिकांशले ओमप्रसाद काका भनेर बोलाउने गर्थे। निर्भिक, न्यायप्रेमी र सच्चा प्रजातन्त्रवादीका रूपमा गौचनलाई अहिले पनि सम्झना गरिन्छ। छिमेकी जिल्ला पर्वतमा कालिभक्त पन्त, मोहनबहादुर मल्ललगायतले प्रजातान्त्रिक आन्दोलनको सुरुवात गरेका थिए। सशस्त्र बल प्रयोगबाट पर्वतलाई मुक्त गर्नमा पन्तकै प्रमुख भूमिका रहेको बताइन्छ।

विसं २००७ मै पाल्पाबाट बागलुङ आएका पुष्पलाल श्रेष्ठका बहिनीज्वाइँ चिरञ्जीवीलाल वैद्यले गठन गरेको ‘बागलुङ युवक सङ्घ’ले पनि क्रान्ति र आन्दोलनप्रति जागरण सिर्जना गरेको थियो। यस्तै महिला सशक्तीकरणको मुद्दा पनि विसं २००७ कै क्रान्तिको जगबाट सुरु भएको मानिन्छ। आन्दोलनको जगबाट प्राप्त प्रजातन्त्र विसं २०१७ पुस १ गते खोसियो। ससंद् भङ्ग भयो। दल र सङ्घसंस्थामाथि प्रतिबन्ध लाग्यो। मुलुकमा पञ्चायती व्यवस्था सुरु भयो। पञ्चायतविरोधी दलहरु आन्दोलनमा होमिए। त्यसयताका हरेक प्रजातान्त्रिक, लोकतान्त्रिक आन्दोलनमा बागलुङको विशिष्ट स्थान रहेको बताउँछन्, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुराना नेता मोहनलाल शर्मा।

नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको प्रेरणाबाट विसं २०२४ देखि वाम आन्दोलनमा सक्रिय शर्माले विसं २००७ को परिवर्तनमा तत्कालीन बुद्धिजीवी र राजनीतिक अगुवाले गरेको सङ्घर्षलाई कसैले भुल्न नहुने उल्लेख गरे। ‘पञ्चायती व्यवस्था सुरु भएपछि आन्दोलन पेचिलो भयो, जेलनेल र यातना भोग्नुपर्ने अवस्था आयो,’ उनले भने।

लोकतन्त्र प्राप्तिको आन्दोलनमा वाम शक्तिका तर्फबाट नेता चित्रबहादुर केसीलगायतले लामो सयमसम्म योगदान दिएको स्मरण गरे। विसं २०३६ को विद्यार्थी आन्दोलन, विसं २०४६ को आन्दोलन, जनयुद्धदेखि विसं २०६२-६३ को जनआन्दोलनसम्म बागलुङले राम्रो छवि कायम गरेको शर्माको बताए।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीद्वारा सञ्चालित जनयुद्धमासमेत बागलुङ अग्रणी भूमिकामा थियो। जनयुद्धमा जिल्लाबाट ९६ शहीद र २० जना बेपत्ता छन्।

-रासस

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी
निर्वाचन

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २४, २०८२
0

झापा : झापा–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै शम्भुप्रसाद ढकाल निर्वाचित भएका छन् । उनले ४३ हजार ६३१ मत प्राप्त...

हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित
FEATURE BREAKING

हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २४, २०८२
0

इटहरी : खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई निर्वाचित भएका छन् । राईले १६ हजार ६१२ मत प्राप्त गरेका हुन्...

उदयपुर-२ मा रास्वपाका सूर्य तामाङ निर्वाचित

उदयपुर-२ मा रास्वपाका सूर्य तामाङ निर्वाचित

फाल्गुन २४, २०८२
सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी

सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी

फाल्गुन २४, २०८२
झापा १ मा रास्वपाकी निशा डाँगी निर्वाचित

झापा १ मा रास्वपाकी निशा डाँगी निर्वाचित

फाल्गुन २४, २०८२
इलाम २ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

फाल्गुन २४, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी

झापा–४ मा रास्वपाका शम्भुप्रसाद ढकाल विजयी

फाल्गुन २४, २०८२
हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित

हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई खोटाङमा निर्वाचित

फाल्गुन २४, २०८२
उदयपुर-२ मा रास्वपाका सूर्य तामाङ निर्वाचित

उदयपुर-२ मा रास्वपाका सूर्य तामाङ निर्वाचित

फाल्गुन २४, २०८२
सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी

सोलुखुम्बुमा नेपाली कांग्रेसका उमेदवार प्रकाशसिंह कार्की विजयी

फाल्गुन २४, २०८२



लाेकप्रिय

  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    387 shares
    Share 155 Tweet 97
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    226 shares
    Share 90 Tweet 57
  • इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

    208 shares
    Share 83 Tweet 52
  • सुनसरी आएर गगन थापाले भने – ‘राजीव कोइराला दाईलाई जिताइदिनु, बाँकी कुरा म गर्नेछु’

    199 shares
    Share 80 Tweet 50
  • रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’ (भिडिओसहित)

    170 shares
    Share 68 Tweet 43

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.