तरहरा । जंगलमा बेवारिसे शब फेला परेको छ । अन्दाजी २५ बर्षीया युवतीको मृत अवस्थामा शब भेटिएको हो ।
सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिदेव मन्दिर नजिकै जंगलमा मृत अबस्थामा शब भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक यमलाल बन्जाडेको नेतृत्वमा प्रहरी टोली खटी स्थानीय जनप्रतिनिधिको रोहवरमा आबश्यक प्रक्रिया पूरा गरि शब परीक्षणका लागि धरानस्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान ल्याइएको छ ।
शबको पहिचान नभएको प्रहरीले जनाएको छ ।
Discussion about this post