तरहरा । तरहराको पानीपियामा क्षतबिक्षत अवस्थामा एउटा स्कुटी फेला परेको छ ।
ट्राफिक प्रहरी पोष्ट तरहराका हवल्दार भुवन बिकका अनुसार को ९ प ४२५७ नम्बरको गुलाबी स्कुटर क्षतबिक्षत अवस्थामा फेला परेको हो । उनले भने, स्कुटी हेर्दा दुर्घटना भएको जस्तो देखिन्छ, पहिचान भएन ।
उनले घटनास्थलमा कोही पनि मानिस नभेटिएकाले अहिले स्कुटी तरहरा प्रहरी चौकीमा राखिएको छ । उनले उक्त स्कुटी पहिचान भएमा सम्पर्क गर्नका लागि समेत अपिल गरे ।
सांकेतिक तस्विर
Discussion about this post