इटहरी (डेस्क) : १० वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतहटको राजपुर नगरपालिका–५ मठटोलका ४१ वर्षीय नथुनी शाह पक्राउ परेका छन्।
ती बालिकालाई ललाई फकाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको शाहलाई अभियोग लागेको छ।
उनलाई इलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भईरहेको छ ।
Discussion about this post