इटहरी : मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश नम्बर १ ले आयोजना गरेको प्रदेश स्तरीय खुल्ला पुरुष भलिबलका बिजेता जिल्ला भलिबल टिम सुनसरीका खेलाडीहरुले जितेको रकमको केही रकम मृगौला पीडितलाई सहयोग गरेका छन् ।
उनीहरुले नगद दश हजार रुपैँया मृगौला पीडितलाई सहयोग गरेका हुन् ।
धनकुटा चौबिसे गाउँपालिका वडा न ८ सम्मेवाकी एलिना लिम्बु मृगौला रोगबाट ग्रसित छिन् । १६ बर्षीया उनी १० कक्षामा अध्ययनरत छिन् । उनको परिवारको आर्थिक अवस्था पनि कमजोर रहेकाले पर्याप्त उपचार गर्न नपाएकाले खेलाडीहरुले सहयोग हस्तान्तरण गरेको मदन भण्डारी स्पोर्टस् क्लब सुनसरीका अध्यक्ष होमनाथ धमलाले टाकुरालाई बताए ।
सुनसरी जिल्ला भलिबल संघका अध्यक्ष गोपाल श्रेष्ठको नेत्तृवमा उक्त रकम सहयोग स्वरुप हस्तान्तरण गरिएको हो । श्रेष्ठले खेलाडीले खेल मात्र नभएर समाजका सकारात्मक र रचनात्मक काममा पनि युवाहरु अग्रसर हुनुपर्ने बताए ।
सुनसरीका पत्रकार हिमाल राईको निधन, शव पोस्टमार्टमका लागि बीपी प्रतिष्ठान लगियो, छोरा युकेबाट आएपछि अन्त्यष्टि गरिने
इटहरी : सुनसरीका अग्रज पत्रकार हिमाल राईको निधन भएको छ । बराहक्षेत्र २ निवासी राईको आज (आइतबार) निधन भएको हो...
Discussion about this post