इटहरी : मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश नम्बर १ ले आयोजना गरेको प्रदेश स्तरीय खुल्ला पुरुष भलिबलका बिजेता जिल्ला भलिबल टिम सुनसरीका खेलाडीहरुले जितेको रकमको केही रकम मृगौला पीडितलाई सहयोग गरेका छन् ।
उनीहरुले नगद दश हजार रुपैँया मृगौला पीडितलाई सहयोग गरेका हुन् ।
धनकुटा चौबिसे गाउँपालिका वडा न ८ सम्मेवाकी एलिना लिम्बु मृगौला रोगबाट ग्रसित छिन् । १६ बर्षीया उनी १० कक्षामा अध्ययनरत छिन् । उनको परिवारको आर्थिक अवस्था पनि कमजोर रहेकाले पर्याप्त उपचार गर्न नपाएकाले खेलाडीहरुले सहयोग हस्तान्तरण गरेको मदन भण्डारी स्पोर्टस् क्लब सुनसरीका अध्यक्ष होमनाथ धमलाले टाकुरालाई बताए ।
सुनसरी जिल्ला भलिबल संघका अध्यक्ष गोपाल श्रेष्ठको नेत्तृवमा उक्त रकम सहयोग स्वरुप हस्तान्तरण गरिएको हो । श्रेष्ठले खेलाडीले खेल मात्र नभएर समाजका सकारात्मक र रचनात्मक काममा पनि युवाहरु अग्रसर हुनुपर्ने बताए ।
६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग
तस्बिरमा मकालु पदमार्ग । हिमाली भू–दृश्य, वनजङ्गल र बस्ती जोड्दै यात्रुलाई प्रकृति र संस्कृतिको अनुपम अनुभूति गराउने मार्ग। तस्बिरहरू :...













Discussion about this post