इटहरी : सरकारले अत्यावश्यक बाहेक अन्य सबै सरकारी सेवा तत्कालको लागि बन्द गर्ने घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशबासीको नाममा सम्बोधन गरिरहेका छन् । उनले देशबासीको नाममा सम्बोधन गर्दै चैत ९ देखि २१ गते सम्म संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरे ।
त्यस्तै, चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान र १० गतेदेखि लामो दूरीका सार्वजनिक सवारी चलाउन रोक समेत लगाईएको छ ।
Discussion about this post