इटहरी : इटहरी उपमहानगरपालिकाले स्वास्थ्यकर्मीलाई तलब बराबर जोखिमभत्ता दिने भएको छ ।
उपमहानगरपालिकाले इटहरीमा स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीलाई तलब बराबरको जोखिमभत्ता दिने निर्णय गरेको हो । उपप्रमुख लक्ष्मी गौतमले क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीलाई दोब्बर भत्ता दिइने बताईन् । त्यस्तै, दोस्रो तहमा खटिने लाई ७५ प्रतिशत र तेस्रो तहमा खटिनेलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरिएको उनको भनाई थियो ।
यसअघि नै इटहरीमा कोरोनाको शंका लागेका मानिसलाई राख्नको लागि क्वारेन्टाइनसमेत तयार गरिसकिएको छ ।
कोशी प्रदेशमा निर्वाचन सुरक्षाको अवस्थाबारे उच्चस्तरीय छलफल
विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतवार...














Discussion about this post