इटहरी (डेस्क) : १४ कोरोना संक्रमित रौतहटका १९ वर्षीय युवक भारतको नयाँ दिल्लीबाट आएको खुलेको छ ।
उनी गत चैत १६ गते दिल्लीबाट आएको खुलेको हो ।
उनी १७ गते गाउँकै एक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा भर्ना भएका थिए।
उनी दिल्लीको एउटा फ्याक्ट्रीमा काम गर्थे। तर, कोरोनाको संक्रमण रोक्न भारत सरकारले लकडाउन गरेपछि उनी दिल्लीमा अलपत्र परे।
त्यहाँ बस्न खान समेत समस्या भएपछि उनी दिल्लीबाट एउटा औषधी बोकेको गाडीमा चढेर बिहारको मोतिहारीसम्म आइपुगेको बताईएको छ ।
Discussion about this post