इटहरी : नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण तथा जोखिम न्यूनीकरण र रोकथामका लागि एक जुट हुन आग्रह उद्योग बाणिज्य संघ इटहरीले अपिल गरेको छ ।
उवासंघ इटहरीका अध्यक्ष भीम पौडेलले आइतबार एक विज्ञप्ती जारी गर्दै व्यापारीहरुले बिषम् परिस्थितिमा कालोबजारी नगर्न र अहिलेसम्म कसैले पनि कालोबजारी नगरेको बताईएको छ ।
नियम कानुन उल्लंघन गरी कालोबजारी गरेको खण्डमा जो कोहीलाई पनि कारबाही गर्ने अध्यक्ष पौडेलले बताए ।
त्यस्तै, संघले घरबहालमा सहुलियत दिन, उद्योगी व्यवसायीहरुलाई नेपाल सरकारले लिने कर तथा राजश्वमा सहुलियत दिन तथा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको ब्याजमा सहुलियत दिन र कर्जा तिर्ने म्याद थप गर्न समेत सरकार सँग माग गरेको छ । उद्योग वाणिज्य संघ इटहरीले घरबहाल कर र बैंक ब्याजका विषयमा ठोस पहल गर्न प्रदेश उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ समक्ष माग गरेको जनाएको छ ।
अध्यक्ष भीम पौडेल र महासचिव पिताम्बर पोखरेलको हस्ताक्षरमा जारी विज्ञप्तीमा मुलुकमा संकट आइपरेको बेला घरधनीहरुले तथा बैँक बित्तीय संस्थाले उद्योगी व्यवसायीलाई ब्याज तथा घरबहाल असुल गर्न दबाब दिए उद्योग वाणिज्य संघ इटहरीले कडा कदम चाल्ने बताइएको छ ।














Discussion about this post