नडाहा : अहिले देशमा लकडाउन भएपछि संचारकर्मीहरुलाई फिल्डमा रिपोर्टिङ गर्न सहज होस् भनी ग्रामीण भेगमा रहेर अग्रभागमा काम गरिरहेका पत्रकारहरुलाई परिचय खुल्ने प्रेसको ज्याकेट वितरण गरिएको छ ।
वराहक्षेत्र ५ मा रहेको निजी बिधालय सिद्वार्थ मेमोरियल इङ्लिस स्कुलले वराहक्षेत्रमा सक्रिय पत्रकारहरुको साझा संस्था ग्रामीण पत्रकार समुहलाई प्रेस लेखेको ज्याकेट उपलब्ध गराएको हो। वराहक्षेत्रमा समचार संकलन गर्न सहज होस् भन्नका लागि र पत्रकार पहिचानका लागि ज्याकेट सौजन्य गरेको विद्यालयका प्रिन्सिपल कृष्ण तामाङ्गले बताए । वराहक्षेत्रमा रहेका १७ जना पत्रकारहरुलाई बिहीबार बिध्यालयका
प्रिन्सिपल तामाङ र फाउन्डर राजन कार्कीले
ग्रामीण पत्रकार समुहका अध्यक्ष हिरण्य कार्की र सचिव संगम बिष्टलाइ हस्तारण गरेका हुन ।
सङ्खुवासभा : सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ लागू
किमाथाङ्का : कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला –लेगुवा सडक खण्डमा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम कार्ड’ लागू गरिएको...












Discussion about this post