Saturday, June 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुरका कोरोना संक्रमितको ट्राभल हिस्ट्री, सुनसरीको झुम्का, चतरा, धरान, इटहरी हुँदै उदयपुर घुमेर बल्ल भोजपुर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १२, २०७७
in विविध, समाचार
0
भोजपुरका कोरोना संक्रमितको ट्राभल हिस्ट्री, सुनसरीको झुम्का, चतरा, धरान, इटहरी हुँदै उदयपुर घुमेर बल्ल भोजपुर
468
SHARES
Share on FacebookShare on Twitter

इटहरी : भोजपुरमा पनि एकजनामा कोरोना संक्रमणको पुष्टि भएपछि भोजपुरको हतुवागढी क्षेत्रमा सिल गरिएको छ । ३० फागुनमा साउदी अरबबाट नेपाल आएका २६ बर्षीय युवकमा विहीबार कोरोना संक्रमणको पुष्टि भएपछि यो क्षेत्रमा सिल गरिएको हो ।
यसैबीच ती युवक साउदी अरबबाट आएपछि सुनसरी, उदयपुर घुमेर बल्ल आफ्नो घर भोजपुर गएको खुलेको छ । प्रहरी स्रोतका अनुसार उनी आफ्नी श्रीमतीसँग सुनसरीको इटहरी, धरान घुमेको पनि खुलेको छ । उनी ३० फागुनमा साउदी अरबबाट काठमाडौँ आएपछि रात्री बस चढेर सुनसरी आएका थिए । उनी सुनसरीको झुम्कामा उत्रिए, झुम्काको स्टेनबाट चतरा पुगे । चतराबाट श्रीमतीसँग भेट भयो । श्रीमतीसँगै उनी धरान टेम्पो चढेर गए । त्यसपछि उनी केही दिन धरान घुमे । धरानमा मात्रै नभई उनी इटहरी, चतरा आउँने–जाने क्रम दोहोर्याइरहेको पनि खुलेको छ । ८ दिनसम्म सुनसरीका यी स्थानमा घुमफिर गरेपछि ती युवक ९ चैत्रमा उदयपुरको मैनामैनी गए । उनी उदयपुरमा ससुराली गएको खुलेको छ । उनी दुइदिन ससुराली बसेपछि भोजपुर गएका हुन् । उनी फाल्गुन ३० मा बिहान ९ बजेको उडानमा हिमालयन एयरलाइन्सको विमानबाट आएका थिए । प्रदेश १ मा २८ जना कोरोना संक्रमित उदयपुरमा मात्रै फेला परेको र ती युवकमा पनि कोरोना पुष्टि भएपति युवकलाई उदयपुरमा या साउदी अरबमै कोरोना लागेको भन्ने पुष्टि हुँन बाँकी रहेको छ ।
स्थानीयका अनुसार उनी भोजपुर आएको भोलिपल्टै स्थानीय प्रशासनलाई जानकारी भएको भएपनि प्रशासनले बेवास्ता गरेको थियो । ‘हामी सबैलाई र प्रशासनलाई पनि थाहा थियो उनी आएको,’ भोजपुर हतुवागढीका एक युवकले टाकुरान्यूजसँग भने, ‘त्यो समयमा उनको स्वाब परीक्षण समेत भएन, यहाँ हुँदा भलिबल खेल्ने र गाउँ डुल्ने क्रम रह्यो, त्यो त दैनिकी नै थियो ।’ ती मानिसका अनुसार युवक भलिबल खेलाडी समेत रहेकाले गाउँमा भलिबल खेल्ने र सामान्य रुपमै दैनिकी चलिरहेको थियो । यसअघि नै उनको आरडीटि रिपोर्टमा पोजेटिभ आएपछि श्रीमती, आमा, भाईको परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको प्रहरी स्रोतले जनाएको छ ।
उनी नेपाल आएको ३८ दिनपछी आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । उनको आरडीटीमा पोजेटिभ रिपोर्ट आएपछि पुनः स्वाब परीक्षणका लागि त्यसको दुई दिनपछि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको थियो । ती युवकलाई अहिले हतुवागढीको एक हेल्थपोष्टको आइसोलेसनमा राखेर उपचार गरिदैँ आएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेपनि स्थानीयबासीमा भने त्रास बढेको छ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न
विविध

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

by रासस
जेष्ठ २९, २०८३
0

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल-चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध भएको...

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

विराटनगरमा ११९ ग्राम ब्राउनसुगरसहित दुई युवा पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २९, २०८३
0

विराटनगर : मोरङ प्रहरीले विराटनगर महानगरपालिका–९ स्थित ट्राफिक चौकबाट ११९ ग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय...

कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

जेष्ठ २९, २०८३
ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता

ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता

जेष्ठ २९, २०८३
सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

धरानस्थित बीपी प्रतिष्ठानको अनलाइन ओपीडी दर्ता सेवा पुनः सञ्चालनमा

जेष्ठ २९, २०८३
माइपोखरीको मोह : स्वदेशीसँगै विदेशी पर्यटक पनि आकर्षित

माइपोखरीको मोह : स्वदेशीसँगै विदेशी पर्यटक पनि आकर्षित

जेष्ठ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

श्रमदानले बनाएको पुल पाँच दिनमै बग्यो, राज्यको अनुपस्थितिमाथि प्रश्न

जेष्ठ २९, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

विराटनगरमा ११९ ग्राम ब्राउनसुगरसहित दुई युवा पक्राउ

जेष्ठ २९, २०८३
कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

जेष्ठ २९, २०८३
ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता

ऐतिहासिक सम्पदाको संरक्षणसँगै बढ्दै हिलिहाङ दरबारको लोकप्रियता

जेष्ठ २९, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.