Sunday, November 16, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुरका कोरोना संक्रमितको ट्राभल हिस्ट्री, सुनसरीको झुम्का, चतरा, धरान, इटहरी हुँदै उदयपुर घुमेर बल्ल भोजपुर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १२, २०७७
in विविध, समाचार
0
भोजपुरका कोरोना संक्रमितको ट्राभल हिस्ट्री, सुनसरीको झुम्का, चतरा, धरान, इटहरी हुँदै उदयपुर घुमेर बल्ल भोजपुर
466
SHARES
Share on FacebookShare on Twitter

इटहरी : भोजपुरमा पनि एकजनामा कोरोना संक्रमणको पुष्टि भएपछि भोजपुरको हतुवागढी क्षेत्रमा सिल गरिएको छ । ३० फागुनमा साउदी अरबबाट नेपाल आएका २६ बर्षीय युवकमा विहीबार कोरोना संक्रमणको पुष्टि भएपछि यो क्षेत्रमा सिल गरिएको हो ।
यसैबीच ती युवक साउदी अरबबाट आएपछि सुनसरी, उदयपुर घुमेर बल्ल आफ्नो घर भोजपुर गएको खुलेको छ । प्रहरी स्रोतका अनुसार उनी आफ्नी श्रीमतीसँग सुनसरीको इटहरी, धरान घुमेको पनि खुलेको छ । उनी ३० फागुनमा साउदी अरबबाट काठमाडौँ आएपछि रात्री बस चढेर सुनसरी आएका थिए । उनी सुनसरीको झुम्कामा उत्रिए, झुम्काको स्टेनबाट चतरा पुगे । चतराबाट श्रीमतीसँग भेट भयो । श्रीमतीसँगै उनी धरान टेम्पो चढेर गए । त्यसपछि उनी केही दिन धरान घुमे । धरानमा मात्रै नभई उनी इटहरी, चतरा आउँने–जाने क्रम दोहोर्याइरहेको पनि खुलेको छ । ८ दिनसम्म सुनसरीका यी स्थानमा घुमफिर गरेपछि ती युवक ९ चैत्रमा उदयपुरको मैनामैनी गए । उनी उदयपुरमा ससुराली गएको खुलेको छ । उनी दुइदिन ससुराली बसेपछि भोजपुर गएका हुन् । उनी फाल्गुन ३० मा बिहान ९ बजेको उडानमा हिमालयन एयरलाइन्सको विमानबाट आएका थिए । प्रदेश १ मा २८ जना कोरोना संक्रमित उदयपुरमा मात्रै फेला परेको र ती युवकमा पनि कोरोना पुष्टि भएपति युवकलाई उदयपुरमा या साउदी अरबमै कोरोना लागेको भन्ने पुष्टि हुँन बाँकी रहेको छ ।
स्थानीयका अनुसार उनी भोजपुर आएको भोलिपल्टै स्थानीय प्रशासनलाई जानकारी भएको भएपनि प्रशासनले बेवास्ता गरेको थियो । ‘हामी सबैलाई र प्रशासनलाई पनि थाहा थियो उनी आएको,’ भोजपुर हतुवागढीका एक युवकले टाकुरान्यूजसँग भने, ‘त्यो समयमा उनको स्वाब परीक्षण समेत भएन, यहाँ हुँदा भलिबल खेल्ने र गाउँ डुल्ने क्रम रह्यो, त्यो त दैनिकी नै थियो ।’ ती मानिसका अनुसार युवक भलिबल खेलाडी समेत रहेकाले गाउँमा भलिबल खेल्ने र सामान्य रुपमै दैनिकी चलिरहेको थियो । यसअघि नै उनको आरडीटि रिपोर्टमा पोजेटिभ आएपछि श्रीमती, आमा, भाईको परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको प्रहरी स्रोतले जनाएको छ ।
उनी नेपाल आएको ३८ दिनपछी आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । उनको आरडीटीमा पोजेटिभ रिपोर्ट आएपछि पुनः स्वाब परीक्षणका लागि त्यसको दुई दिनपछि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको थियो । ती युवकलाई अहिले हतुवागढीको एक हेल्थपोष्टको आइसोलेसनमा राखेर उपचार गरिदैँ आएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेपनि स्थानीयबासीमा भने त्रास बढेको छ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोजपुर–लेगुवा सडक सञ्चालनमा
विविध

सङ्खुवासभा : सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ लागू

by रासस
कार्तिक २९, २०८२
0

किमाथाङ्का : कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला –लेगुवा सडक खण्डमा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम कार्ड’ लागू गरिएको...

ग्याँसको मुल्य वृद्धि, पेट्रोल, डिजल र मट्टितेलको मुल्य घट्यो
समाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो (प्रतिलिटर कति ?)

by टाकुरा न्यूज । इटहरी
कार्तिक २९, २०८२
0

इटहरी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको हो...

तेह्रथुमको कालिका आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

तेह्रथुमको कालिका आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कार्तिक २९, २०८२
यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

आफ्नै घरमा बसेर आवास भत्ता लिएका कोशीका मन्त्री भण्डारी विवादमा तानिए

कार्तिक २९, २०८२
धरानमा ४९ किलो गाँजा बरामद, दुई जना फरार

धरानमा ४९ किलो गाँजा बरामद, दुई जना फरार

कार्तिक २९, २०८२
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

झापामा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाएपछि…

कार्तिक २९, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुर–लेगुवा सडक सञ्चालनमा

सङ्खुवासभा : सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ लागू

कार्तिक २९, २०८२
ग्याँसको मुल्य वृद्धि, पेट्रोल, डिजल र मट्टितेलको मुल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो (प्रतिलिटर कति ?)

कार्तिक २९, २०८२
तेह्रथुमको कालिका आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

तेह्रथुमको कालिका आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कार्तिक २९, २०८२
यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

आफ्नै घरमा बसेर आवास भत्ता लिएका कोशीका मन्त्री भण्डारी विवादमा तानिए

कार्तिक २९, २०८२



लाेकप्रिय

  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1334 shares
    Share 534 Tweet 334
  • इटहरीमा मदिरा सेवन गरी झडप, चारजना अस्पताल भर्ना

    767 shares
    Share 307 Tweet 192
  • मोरङमा दुई सातादेखि हराएकी १३ वर्षीया बालिकाको टाउको र शरीर अलग भएको अवस्थामा मृत फेला, घटना शंकास्पद

    489 shares
    Share 196 Tweet 122
  • यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2625 shares
    Share 1050 Tweet 656
  • इटहरीमा पार्किङ गर्न खोजिएको ईभी गाडीको ठक्करबाट एक महिलाको मृत्यु

    344 shares
    Share 138 Tweet 86

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.