इटहरी : झापाको दमक नगरपालिका वडा नम्बर ३ का ६२ बर्षीय एक पुरुषलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि यहाँका विभिन्न स्थानमा सिल गरिएको छ ।
दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै दमकमा सिल गरेको जानकारी गराएकी हुन् ।
अधिकारीका अनुसार एकै परिवारका तीनजनामा आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि घरका अन्य एकजना सहित ४ जनालाई सुनसरीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर चेक गर्नका लागि पठाईएको हो । पीसीआरमा ती पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको थियो भने अन्य तीनजनाको नेगेटिभ रिपोर्ट आएको थियो । अधिकारीले कोरोना संक्रमण भएका पुरुषलाई विराटनगरको कोसी अस्पताल (कोरोना अस्पताल) मा थप उपचारका लागि पठाईएको छ भने बाँकी तीनजनालाई दमक अस्पतालको आइसोलेसनमा राखिएको छ । कोरोना संक्रमण पुष्टि भएका पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनका अनुसार दमकको उत्तरमा मावा खोला पुलदेखि बेलडाँगी सम्म, दक्षिणमा कृष्ण मन्दिर राजमार्ग उतर, पूर्वमा हिमालय मावि देखि बेलडाँगी सम्म र पश्चिममा मावा खोला पुल सम्म आवात जावत पूर्ण रुपमा बन्द गरिएको छ ।
एमाले विराटनगरमा विनोद ढकाल समूहको प्यानलै निर्वाचित
इटहरी : नेकपा (एमाले) विराटनगर महानगर कमिटीमा इतर पक्षको समूह नै निर्वाचित भएको छ । बिहीबार राति सम्पन्न महानगर समितिको...
Discussion about this post