सालकको खबटा र आधा केजी गाँजा सहित धरानबाट पक्राउ परेका धनकुटाका साँगुरीगढी गाउँपालिका–३ खुवाफोकका नीरज लिम्बूलाई जिल्ला अदालत सुनसरीले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
बुधबार भएको थुनछेक बहसमा जिल्ला अदालतका ६ नम्बर बेञ्चका न्यायाधीश खिमानन्द भुषालले उनलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् ।
धरानको तीनकुनेस्थित सेक्टर वन कार्यालयले उनीविरुद्ध मङ्गलबार मुद्दा दर्ता गरेको थियो । यसअघि गत माघ २६ गते पनि पक्राउ परेका नीरजलाई गाँजा कारोबार मुद्दामा कारबाही अगाडि बढाएको थियो । अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उनको साथबाट सालकको खबटा समेत बरामद गरिएकाले इलाका प्रहरी कार्यालय धरानले थप कार्वाहीका लागि वैशाख ८ गते सेक्टर वनमा उनलाई बुझाएको थियो ।
धरान–३ मा डेरा गरी बस्दै आएका उनीमाथिको आरोप् प्रमाणित भएमा संरक्षण ऐनको दफा २६ को १ अनुसार ५ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै हुने बताईएको छ ।
एमाले विराटनगरमा विनोद ढकाल समूहको प्यानलै निर्वाचित
इटहरी : नेकपा (एमाले) विराटनगर महानगर कमिटीमा इतर पक्षको समूह नै निर्वाचित भएको छ । बिहीबार राति सम्पन्न महानगर समितिको...
Discussion about this post