प्रदेश १ मा दिनानुदिन कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बृद्धि हुँदै गएपछि प्रदे सरकारले परीक्षणलाई तीब्रता बढाउनुपर्ने बताएको छ ।
मुख्यमन्त्री शेरधन राईले प्रयोगशालाको क्षमता बढाएर परिक्षणलाई तीव्रता दिनुको विकल्प नरहेको बताएका छन् । उनले भने ‘चाँडै दुुइ ल्यावबाट बढिभन्दा बढि नमुना परिक्षण गर्नसक्ने व्यवस्था हुँदैछ ।’
मुुख्यमन्त्री राईले लकडाउनको विकल्प नभएको भन्दै यसलाई पालना गर्न नागरिकलाई आग्रह गरेका छन् ।
हालसम्म प्रदेश एकमा संक्रमण पुष्टि भएका ८४ व्यक्ति मध्ये २६ जना उपचारपछि घर फर्किएका छन् ।
Discussion about this post